• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावको पक्षमा उभिने नेकपा संसदीय दलको निर्णय




नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेशको राजधानी देउखुरी र नाम लुम्बिनी बनाउने प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ ।

शनिवार मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकले प्रदेश सरकारले संसदमा पेस गरेको प्रस्तावको पक्षमा लाग्ने निर्णय गरेको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई मानेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको जानकारी दिए । दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत हुन निर्णय गरेको ढकालले जानकारी दिए ।

‘हाम्रो दलले निर्णय गर्‍यो । भोलि हामी सर्वदलीय बैठक बस्छौं । यो विषयमा संसदमा पनि छलफल हुन्छ,’ उनले भने । प्रदेश सभामा ८७ सांसदमध्ये नेकपामा ६१ जना छन । प्रदेश सरकारले निर्णय गरेर राजधानी दाङ राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेको छ ।

Facebook Comments