• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउन प्रदेशसभामा प्रस्ताव दर्ता (भिडियोसहित)




प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन्।

‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गर्दछु’-केसीले प्रस्ताव गर्दै भने।

उनले प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जनाएका छन्। प्रदेश सभाको आगामी बैठक १९ गते मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।

प्रदेश ५ को स्थायी राजधानीबारे लामोसमयदेखि बहस र छलफल हुँदै आएपनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मौखिक सहमति जनाएपछि प्रदेश सरकारले सभामा प्रस्ताव पेश गरेको हो।

सरकारले पेश गरेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने असहमति जनाएको छ। कांग्रेस सांसद फखरुद्धिन खानले सरकारले छलफल र सहमति बिना नै प्रस्ताव ल्याएको भन्दै आपत्ति जनाएका थिए।

उनको आपत्तिपछि सभामुख घर्तीले आगामी बैठकमा यसबारे छलफल हुने र सचिवालयमा नाम टिपाउनका लागि सांसदहरुलाई आग्रह गरेका थिए।
https://www.youtube.com/watch?v=aRnKvDVrxow

Facebook Comments