• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालमा चिनियाँ क्रान्तिको सम्झना




अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन चिनियाँ क्रान्ति दिवसको नेपालमा पनि सम्झना गरिएको छ ।

आजकै दिन अर्थात् सन १९४९ अक्टुवर १ का दिन तत्कालीन चिनियाँ कम्युनिफस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियोे । सन १९४९ अक्टुवरका दिन चिनीया जनमुक्ति सेनाले चिनमा सत्ता कब्जा गरेको थियो ।

चिनियाँ क्रान्ति दिवसको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसी र महासचिव केशरममणि कटुवालले विज्ञप्ति जारी गरी सम्झना गर्नुभएको छ ।

‘सन १९४९ अक्टुवर १ का दिन कमरेड माओत्सेतुङले चिनको राजधानी पेचिङ (हालको बेइजिङ) स्थिति तेयनमेनयानच‍ोक रोष्टमबाट जनवादी गणतन्त्र चिनको स्थापनाको घोषणा गर्नु भएको थियो’– विज्ञप्तिमा भनिएको छ– ‘तत्कालीन चिनियाँ परिस्थिति र चिनियाँ विशेषतामा महान् चिनियाँ ,जनताको साथ सहयोग र चिनियाँ लाल सेनाको बलमा चियीया कम्युनिस्ट पार्टीले महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको यस ऐतिहासिक दिनलाई आज पनि विश्वभरका सर्वहारा वर्ग , उत्पीडित राष्ट्र र जनताले स्मरण गर्ने र शिक्षा लिने दिनका रुपमा लि,नुपर्ने विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले प्रतिबद्धता जाहेर गर्दछ ।’

आजसम्म पनि विश्वका कैयौं मुलुकहरु साम्राज्यवाद र सामन्तवादको शोषण र उत्पीडनबाट मुक्त नभइरहेको वर्तमान परिस्थितिमा विश्वभरका पिछडिएका तथा कृषि प्रधान देशका सामन्तवाद तथा साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र र मुक्तिकामी जन समुदायले आआफ्नो देशको विशिष्टता र क्रान्तिको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा क्रान्तिलाई अगाडि बढाएर विजयसम्म पुर्याउनका निम्ति उक्त चिनियाँ नयाँ जनवादी क्रान्तिबाट शिक्षा लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments