• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा लामो दूरीको यातायात सुचारु




रुकुम पुर्वमा लामो दूरीका यातायातका साधनहरु आजदेखि सञ्चालनमा आएका छन । गत चैत्रदेखि बन्द भएका यातायातका साधनहरु आजदेखि सञ्चालनमा आएका हुन । सरकारले गत असोज १ गतेदेखि नै देशभर लामोदूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेपनि रुकुम पुर्वमा भने जिल्ला संकट व्यवस्थापन समितिले सदरमुकाम रुकुमकोटमा गरेको निशेधाज्ञा कारण यातायातका साधनहरु सञ्चालनमा आउन सकेका थिएनन । तिन साता लामो निशेधाज्ञा हिजोबाट हटेसंगै व्यसायिहरुले यातायातका साधनहरु पनि सञ्चालनमा ल्याएका हुन ।

भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गर्ने तथा साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिने गरी यातायातका साधनहरु सञ्चालनमा ल्याइएको पुृर्वि रुकुम यातायात प्रालीका काउन्टर इन्चार्ज सनम गौतमले जानकारी दिनुभएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साविकको भाडामा ५० प्रतिशत बृद्धि गरि एउटा सिटमा १ जना यात्रु मात्र राख्ने, गाडीमा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, चालक र सहचालकले अनिवार्य गोल्पसको प्रयोग गर्ने गरी यातायातका साधनहरु सञ्चालनमा ल्याइएको गौतमले बताउनुभयो । उहाँका अनुसार आजदेखि यस अघि चल्ने रुटहरु जिल्ला भित्रका सवै स्थानहरु र रुकुम पश्चिम, दाङ, काठमाडौ लगायतका ठाउँहरुमा गाडि सञ्चालन भएका छन । सरकारले भनेबमोजिम सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी यातायातका साधन सञ्चालन गरिएको यातायात व्यवसायीहरुको बताएका छन ।

यातायातका साधनहरु सञ्चालनमा आए पनि काउन्टर भने नखोलिएको यातायात व्यवसयीहरुको भनाई छ । सिस्ने गाउँपालिका भित्रका २४४ जनाको पसिआर रिपोर्ट नआउनजेलम्म काउन्टर नखोल्ने निर्णय भएको जिल्लाका यातायात व्यवसायिहरुले बताएका छन ।

Facebook Comments