• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा हरेक दिनजसो नेकपाका जनसंगठनको एकताः चार संगठनले सके एकता




नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट आदीवासी जनजाती मगर संघको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम मुसीकोटमा सम्पन्न भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र निकट जनजाति संगठनहरुको एकता पछि बनेको आदीवासी जनजाती मगर संघको जिल्ला कमिटीले आज पूर्णता पाएको हो ।

३७ सदस्यीय संघको संयोजकमा दक्ष पुन र सह–संयोजकमा मिश्रिलाल पुन रहनुभएको छ । त्यस्तै संघको इन्चार्जमा पहलसिंह घर्ती चयन हुनुभएको छ । पदाधिकारी र सदस्यहरुको टुंगो लागेपछि आज उनिहरुलाई सपथ ग्रहण गराईएको छ । संघका केन्द्रीय सह–संयोजक गणेश सलामि मगरले सथप ग्रहण गराउनुभएको हो ।

मुसीकोट नगरपालिका ५ को शेरिगाउँ स्थित सहिद स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा नेकपाका जिल्ला इन्जार्च राजकुमार शर्माको प्रमुख र आदीवासी जनजाती मगर संघका केन्द्रीय सह–संयोजक गणेश सलामि मगरको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपाका जिल्ला सह–इन्चार्जद्धय शेरवहादुर केसी र बसन्त शर्मा, प्रदेश कमिटी सदस्य महेन्द्र केसी, जिल्ला अध्यक्ष गोपाल शर्मा, जिल्ला सचिव तथा आदीवासी जनजाती मगर संघका कर्णाली प्रदेश इन्चार्ज विमलकुमार पुन, सह–इन्चार्ज खड्कवहादुर घर्तिमगर, केन्द्रीय सदस्य पवित्रा पुन, प्रदेश संयोजक टोपवहादुर दर्लामि मगर, सह–संयोजक प्रकाश सारुमगर लगायतको आतिथ्यता रहेको थियो ।

यो संगै केन्द्रमा एकता टुंगिएका पार्टी निकट सबै जनवर्गिय संगठनले जिल्लामा पूर्णता पाएका छन् । सुरुमा युवा, त्यसपछि विद्यार्थी र किसान हुँदै आज मगर संगठनले पूर्णता पाएको हो । महिला लगायत अन्य संगठनको केन्द्रमै एकता टुंगिन बाँकी रहेकाले जिल्लामा पनि टुंगिन बाँकी रहेको पार्टीले जनाएको छ ।।

Facebook Comments