• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाडपर्वलाई मध्यनजर गरी रुकुमपश्चिममा सस्तो मूल्यको चामल बिक्री शुरु




दशै तथा तिहारको लागि सस्तोमा चामल बिक्रि सुरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला रुकुम पश्चिमले आजबाट दशै तथा तिहारलाई मध्य नजर गर्दै सस्तोमा चामल बिक्रि सुरु गरेको छ ।
आजबाट मंसिर ६ गते सम्मको लागि खाद्य कम्पनीले सस्तोमा चामल बिक्रि गर्ने भएको हो । विगतका वर्षहरु जस्तै यो वर्ष पनि सस्तोमा चामल बिक्रि सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा सल्लेका निमित्ति कार्यलय प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

कम्पनीले यो वर्ष चामल मात्र बेच्ने छ । कम्पनीमा पाईने चामल एक क्वीन्टलको ५ सय सस्तोमा बिक्रि गरिने उहाँको भनाई छ । कम्पनीको गादाममा रहेको मध्यम चामल ५२ सयमा बिक्रि हुदै आएकोमा आजबाट ४७ सयमा बिक्रि थालिएको छ । त्यस्तै जापानिज चामल ४८ सयमा बिक्रि हुदै आएकोमा आज देखि ४३ सयमा र जिरा चामलको मुल्य पनि ५ सयले घटेको छ ।

जिरा चामल भक्करै कम्पनीमा आएकोले पुरानो मुल्य भने तोकिएको छैन् । दशै तथा तिहारको बिचमा उपभोक्ताहरुले सल्लेमा रहेको कम्पनीको कार्यालयबाट चामल पाउने छन् । त्यस्तै कम्पनीले दशै अगाडिनै जिल्लाका बिभिन्न डिपो, बिक्रि केन्द्र तथा सहकारीबाट चामल बिक्रि गर्नको लागि सम्झौता गरि चामल गाउँ–गाउँमा पठाएको छ । सहकारीबाट भने पुरानै मुल्यमा चामल पाईने कम्पनीको भनाई छ ।

रुकुम पश्चिमको कम्पनीको कार्यलय सल्ले, स्यालाखदि बिक्रि केन्द्र, रुकुम पुर्वको सोभागाउँ डिपो, तकसेरा बिक्रि केन्द्र र जिल्लाका बिभिन्न सहकारी मार्फत खाद्य कम्पनीको चामल बिक्रि हुदै आएको छ ।

Facebook Comments