• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा थपिए सात संक्रमित, सक्रिय संक्रमितको संख्या ३९




रुकुम पुर्वका थप ७ जनामा कोरोना भाइरस कोभिट १९ को संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षण पुथाउत्तरगंगा गाउँपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो ।

गत १० गते पुथाबाट पिसिआर परिक्षणको लागि ५१ जनाको स्वाब संकलन गरिएकोमा ७ जनामा कोरोना भएको र अन्य ४४ जनामा कोरोना नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय रुकुम पुर्वका कोरोना रोग फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पुथाउत्तरगंगा ८ की २२ वर्षिय महिला, १० की २३ र २९ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पुथा २ का ३२ वर्षका पुरुष, रुकुम पश्चिम मुसिकोट नगरपालिका ७ का २९ वर्षका पुरुष, चौरजहारी नगरपालिका १ का ३२ वर्षका पुरुष र त्रिवेणी गाउँपालिका १ का २५ वर्षका पुरुष गरी ७ जनामा कोरोना देखिएको फोकल पर्सन गिरीले बताउनुभएको छ ।

यसैगरी भुमे गाउँपालिकाका एक सय ४२ जना सवैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ, भने सिस्ने गाउँपालिकाबाट स्वाब संकलन गरिएका दुई सय ४४ जनाको रिपोर्ट भोली साझसम्म आउने स्वास्थ्य कार्यालय रुकुम पुर्वले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो यो रिपोर्टसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

Facebook Comments