• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा जनस्तरसम्म पुग्दै नेकपाको एकता, विद्यार्थीपछि किसान महासंघको सपथ




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विभिन्न जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति रुकुम पश्चिमको एकता पछिको पहिलो बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मुसीकोट नगरपालिका–५ शेरिगाउँमा अवस्थित सहिद प्रतिष्ठानको सभाहलमा महासंघका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । जिल्ला संयोजक, सह–संयोजक र सदस्यहरुलाई महासंघका केन्द्रीय सदस्य कृष्ण बिसीले सपथ ग्रहण गराउनुभएको हो ।

५० सदस्यीय महासंघको जिल्ला समन्वय समितिको संयोजकमा रविन्द्र बिष्ट र सह–संयोजकमा जनक बटाला रहनुभएको छ । त्यस्तै इन्चार्जमा शेरवहादुर गिरी रहनुभएको छ । तत्कालिन अखिल नेपाल किसान संघ क्रान्तिकारी र अखिल नेपाल किसान महासंघ विचको एकता पछि आज जिल्ला कमिटीले पूर्णता पाएको हो ।

सपथ ग्रहण तथा पहिलो बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह–इन्चार्जद्धय शेरवहादुर केसी र बसन्त शर्मा, प्रदेश कमिटी सदस्य महेन्द्र केसी पारषमणि, जिल्ला अध्यक्ष गोपाल शर्मा, सचिव बिमलकुमार पुन लगायतको आतिथ्यता रहेको थियो ।

नेकपाका जनवर्गिय संगठनहरुले जिल्लामा पूर्णता पाईरहेका छन् । केन्द्रमा सहमति जुटेका मध्य अव जिल्लामा आदीवासी जनजाति मगर संघको मात्र प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम बाँकी छ । त्यो पनि भोली टुंगिने बताईएको छ ।

Facebook Comments