• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दीपेन्द्रले गरे सेनिटाइजर सहयोग




नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको नि:शुल्क स्वास्थ्य सामाग्री वितरण अभियानलाई नारायणपुर निवासी दीपेन्द्र डाँगीले ३ हजार मुल्य बराबर ३ सय मिलिको ९ थान सेनिटाइजर प्रदान गरेका छन् ।
हाल रोजगारको सिलसिलामा मलेसिया रहेका डाँगीले कोभिड १९ को रोकथाममा केही योगदान होस् भनेर सहयोग गरेको बताए ।

विदेशमा दुखजिलो गरेर भएपनि आफ्नो अभियानलाई सहयोग गरेकोमा संचारकर्मी पीडितले डाँगीलाई धन्यवाद दिएका छन् ।

कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि नि:शुल्क स्वास्थ्य सामाग्री वितरण अभियान शुरु गरेका छन् ।

Facebook Comments