• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अष्ट्रेलियामा बस्ने श्रेष्ठद्वारा एक लाखको स्वास्थ्य सामग्री सहयोग




घोराही उपमहानगरपालिका वडा नम्बर १९ नवलपुर घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्ने सुवास श्रेष्ठले कोरोना नियन्त्रणमा सहयोग पु¥याउन दाङमा नब्बे हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

उहाँले पठाएको सो सामग्री दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गरिएको छ । श्रेष्ठको तर्फबाट युवा सामाजिक अभियन्ताहरु नरेन्द्र पुन, बसन्त पुरी र दीपक पुनले हस्तान्तण गर्नुभएको थियो ।

जसमा तीन सय वटा भिटीएम किट, एक हजार तीन सय सर्जिकल मास्क, तातो चिसो गराएर पिउने पानीखाने मेसिन २ वटा, ४ वटा थर्मल गण र अन्य आवश्यक औषधि रहेका छन् ।

त्यस्तै श्रेष्ठकै सहयोगमा पाँच हजार बराबरको मास्क सवारीकोट विद्यालयमा हस्तान्तरण गरिएको छ ।

श्रेष्ठले बिदेशमा रहेर पनि देशभित्रको सामाजिक काममा सहयोग गरिरहनुभएको छ । उहाँले हरेक बर्ष घोराही १८ नवलपुरमा हुने नवलपुर कप फूटबलमा पनि सहयोग गर्दै आउनुभएको छ । त्यस्तै मास्क बैंकलाई पाँच हजारको मास्क सहयोग गर्नुभएको छ ।

Facebook Comments