• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बीस दिनपछि रुकुमकोट बजार सुचारु




रुकुमपूर्वको अस्थाइ सदरमुकाम रुकुमकोटमा जारी निषेधाज्ञा हटेको छ । विगत एक साता अघिदेखि जारी निषेधाज्ञा गएराती १२ बजेबाट सकिएको हो । आजै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाएको जानकारी गराएको छ ।

जिल्लामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले असोज ७ गते राती १२ बजेदेखि सुरु भइ असोज १३ गते राती १२ बजेसम्म जारी हुने गरि निषेधाज्ञा जारी गरेको थियो । यस्तै रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साता अघिदेखि रुकुमकोट सिल गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजिवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताउनुभएको छ ।

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै खाले मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्नेगरी निषेधाज्ञा हटाएको प्रजिअ राइको भनाई छ । जिल्लाबासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको पनि प्रशासनले निगरानी गर्ने छ । कोही कसैले यसमा लापरबाही गरेको पाइमा संक्रामक रोग ऐन अनुसार कार्बाही गरिने प्रजिअ राइले बताउनुभयो ।

अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखएिको छ । अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या भने ३२ रहेको छ ।

Facebook Comments