• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१९ दिनदेखि रुकुमकोट बजार बन्द, व्यापारीहरु मर्कामा




रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा रुकुमकोट बजार व्यवस्थापन समिति गठन गरिएको छ । रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघको संयोजकत्वमा आज रुकुमकोटमा बसेको व्यापारीहरुको भेलाले व्यवसायि प्रविनजंग मल्लको अध्यक्षतामा १५ सदस्य रुकुमकोट बजार व्यवस्थापन समिति गठन गरेको हो ।

यसअघि पनि बजार व्यवस्थापन समिति भएपनि उक्त समितिले राम्रोसंग काम गर्न नसकेको भन्दै त्यसलाई विगठन गरि नयाँ बजार व्यवस्थापन समिति गठन गरिएको रुकुमकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लले बताउनुभयो ।

कोरोनाको जोखिम कम गर्न भन्दै केहि महिना अघि संघिय सरकार र केहि हप्ता अघि देखि जिल्ला संकट व्यवस्थापन समितिले गरेको निशेआज्ञाका कारण व्यापारीहरु रोगले भन्दा पनि भोकले मर्ने स्थिति सृजना भएको भन्ने गुनासाहरु उद्योग वाणिज्य संघमा आएकाले त्यसको समाधानका लागि व्यापारीहरुको बैठक बोलाइएको मल्लको भनाई छ ।

रुकुमकोटमा अर्ध निशेआज्ञा भएको भन्दै सवैको हितका लागि सवै व्यापार व्यवसाय खोल्नुपर्ने व्यापारीहरुले उद्योग वाणिज्य समक्ष प्रताव गरेका छन । खोले सवै पसलहरु खोल्ने र तिव्र रुपमा कोरोनाको महामारी फैलिए कोरोना नियन्त्रणको लागि सवै पसलहरु बन्द गर्ने गरी निशेआज्ञा गर्नुपर्ने आफूहरुको प्रताब रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष प्रविनजंग मल्लले बताउनुभयो ।

रुकुमकोटमा अन्य जिल्लाका तुलनामा खास्सै कोरोनाको जोखिम पनि छैन उहाँले भन्नुभयो शिल पनि अर्ध शिल छ केहि पसल खेलेका छन केहि यातायातका साधनहरु पनि चलिरहेका छन यस्तो अवस्थामा कुनै व्यापारीलाई मर्का पार्ने र कसैलाई सहयोग गर्ने गर्नुहुर्दैन । त्यसैले सवै व्यापार व्यबसाय खोल्नुपर्छ भने हामि व्यापारीहरुको माग छ उहाँले भन्नुभयो ।

आफूहरुले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पसलमा व्यवसायी र ग्राहकहरुको सामाजिक दुरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने, मास्क नलगाएका ग्राहकहरुलाई पसलमा किनमेल गर्न नदिने तथा स्वास्थ्य मापदण्डको पालना गरि पसलहरु खोल्ने प्रताव गरेको व्यापारीहरुले बताएका छन ।

उक्त व्यापारीहरुको प्रतावलालाई जिल्ला उद्योग वाणिज्य संघले भोली बस्ने जिल्ला संकट व्यवस्थापन समिति डिसिसिएमसिको बैठकमा पेश गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले बताउनुभएको छ । उहाँका अनुसार डिसिसिएमसिको बैठकले रुकुमकोटका सवै व्यापार व्यवसाय खोल्ने कि केहि पसलहरु मात्रै खोल्ने भन्ने विषयमा टुंगो लगाउने छ ।

विगत १९ दिनदेखि खाद्यान्न, तरकारी र इन्धनका पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म र साझ ४ बजेदेखि ६ बजेसम्म खुलेपनि अन्य सवै व्यापार व्यवसायहरु बन्द रहेका छन ।

Facebook Comments