• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्नेमा डिजिटल बोर्ड जडान




सेवाग्राहीको सहजताको लागि भन्दै रुकुम पुर्वको सिस्ने गाउँपालिकाले गाउँपालिका परिसरमा डिजिटल वोर्ड जडान गरेको छ । गाउँपालिकाले आफनै लगानीमा ६ फिट लम्बाई ४ फिट चौडाई भएको एल. ई. डी डिजिटल भिडियो वोर्ड जडान गरेको हो ।

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुले गाउँपालिकाबाट उपल्बध हुने सेवाहरु कार्यालय परिसरमा राखिएको डिजिटल वोर्डबाट सजिलै थाहा पाउन सकोन भन्ने उद्धेश्यले डिजिटल बोर्ड जडान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल जानकारी दिनुभएको छ ।

देश आधुनिकतामा गएसंगै सिस्ने गाउँपालिकालाई पनि डिजिटल गाउँपालिका बनाउने हेतुले गाउँपालिका परिसरमा नागरिकको सहजताको लागि डिजिटल बोर्ड जडान गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अव उक्त वोर्डमा २४ सै घण्टा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, सुचना, गाउँपालिका भित्रका विभिन्न विभागबाट गरिने कामहरुको सजिलै जानकारी लिन सकिनेछ । यस्तै गाउँपालिका विभिन्न पर्यटकिय स्थलहरुको तस्विर पनि देख्न सकिने छ । जसले गर्दा गाउँपालिकामा सेवा लिन आउने कुनै पनि सेवाग्रहीलाई सजिलो हुने सिस्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments