• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथाउत्तरगंगामा विद्यालय खुले, गाउँपालिकाद्वारा स्वास्थ्य सामग्री वितरण




शिक्षक र विद्यार्थीलाई कोरोना कहरबाट जोगाउन भन्दै रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकाले विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाउँपालिकाले पालिका भरीका ५६ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री मास्क, सेन्टिाइजर र साबुन वितरण गरेको हो ।

पालिकाले कोरोना रोकथाम तथा नियन्त्र कोषमा रहेको बजेटबाट पालिका भरीका सवै विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहि मल्लले जानकारी दिनुभएको छ । गाउँपालिका भित्रका सवै सामुदायिक विद्यालयहरु गत असोज १ गतेबाट सञ्चालनमा रहेको हुदाँ विद्यालय जाने शिक्षक विद्यार्थीलाई कोरोनाको संक्रमणबाट जोगाउन भन्दै मास्क, सेनिटाइजर र धात धुने साबुन वितरण गरिएको शाहिले बताउनुभयो ।

प्रत्येक विद्यालयलाई शिक्षक र विद्यार्थी संख्याको आधारमा स्वास्थ्य सामाग्री वितरण गरिएको उहाँको भनाई छ । कितावि शैद्धान्तिक ज्ञानका साथै प्रत्येक विद्यालयका शिक्षकहरुलाई कोरोनाबाट बच्ने उपाए तथा मास्क लगाउने तरिका, सेनिटाइजरको प्रयोग गर्ने र साबुन पानिले हात धुने तरिका पनि विद्यार्थीलाई सिकाउन आग्रह गरिएको उहाँले बताउनुभएको छ ।

Facebook Comments