• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्व प्रशासनको आग्रह– नागरिकता लिंदा मतदाता नामावली पनि बनाउनूस्




जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले नागरिकलाई जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन अनुरोध गरेको छ । प्रशासनले आज एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन आउने प्रत्येक नागरिकले जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको हो ।

गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध शाखाको परिपत्र अनुसार प्रशासनमा नागरिकता लिन आउने नागरिकलाई निर्वाचनमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै एकै पटक दुई वटा काम हुने भएकाले नागरिकहरुको सहजताको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरिएको प्रजिअ राईले बताउनुभयो । उहाँले भन्नुभयो प्रत्येक नागरिकले एक पटक मतदाता नामावली बनाउदै पर्छ त्यसैले अव प्रशासनमा नागरिकता बनाउन आउनेहरुलाई यस्तो आग्रह गरेका हौ । प्रजिअ राईका अनुसार जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन अनिवार्य भने गरिएको छैन ।

रुकुम पुर्व भौगोलिक दृष्टिकोनले विकट तथा सदरमुकाम बाहेक अन्य ठाउँका नागरिकहरुलाई पटक पटक जिल्ला धाउदा पैसा तथा कोरोनाको जोखिम दुवै हुने भएकाले नागरिकता बनाउन आउदा निर्वाचनमा पनि नाम दर्ता गराउन नागरिकलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले जनाएको छ ।

Facebook Comments