• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा प्रहरी प्रमुखको पहलमा सडक बालकको उद्धार




नीलसागर सेवा आश्रमको चौथो बार्षिकोत्सवकै दिन दाङका एक सडक बालकको उद्धार गरिएको छ । घोराही उपमहानगरपालिका गुरौका १२ बर्षे बालक कमल थापाको उद्धार गरिएको हो ।

उहाँ चार बर्षदेखि घोराहिको सडकमा रहनुभएको थियो । केही महिना पहिले वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालकाले वडाध्यक्षको राहेरमा परिवारमा पठाइएको थियो । तर, घरमा कान्छीआमाले पिट्ने र गाली गर्ने गरेको भन्दै पुनः सडकमा आउनुभएको थियो ।

सडकमा आएका बालकलाई वडा प्रहरी प्रमुख दिनेश रिमालको पहलमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर जाँच गरी गरी उद्धार गरिएको हो । निलसागर सेवाआश्रमका अभियन्ता दीपेन्द्र न्यौपानेले सोमवार बालकलाई नेपालगञ्ज आश्रममा लगेर हस्तान्तरण गर्नुभएको छ ।

यसैबीच नीलसागर सेवा आश्रमले चौथो बार्षिकोत्सव मनाएको छ । अध्यक्ष सरिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले संसारका ठूला मान्छे जति सबै सडकबाट आएको उल्लेख गर्दै उहाँले आजका युवा पुस्ताले नीलसागरको अभियानबाट सिक्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गहतराजले भन्नुभयो– ‘अहिलेको पुस्ता तनाव ब्यहोर्न र जोखिम मोल्न चाहदैन तर जोखिम नमानेर नयाँ काम हुँदैन, यो आजको पुस्ताले सिक्नुपर्छ ।’

नीलसागरलाई पछिल्लो प्रदेश सरकारले राम्रो सहयोग गरे पनि संघीय सरकारबाट सहयोग गर्ने अवसर नजुरेको भन्दै उहाँले अब संघीय सरकारबाट सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाँकेका प्रहरी प्रहरी ओम रानालगायतले शुभकामना दिनुभएको थियो भने कार्यक्रम सञ्चालन उपाध्यक्ष अमन सुवेदीले गर्नुभएको थियो । सो अवसरमा दाङबाट प्रकाश बिष्ट, दीपेन्द्र न्यौपाने, कुलदीप न्यौपानेसिहित विभिन्न जिल्लाका अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments