• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्धारपछि फेरिदैछ बिट्टुको जीवन




मानसिक सन्तुलन गुमेपछि अलपत्र पारिएकी रोल्पाकी पूर्वजनकलाकार बिटु बिकको मुहारमा कान्ति छाउन थालेको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका ५ की ३५ बर्षीया बिटु बिकको नीलसागर सेवा आश्रमले उद्धार गरी नेपालगञ्ज लगेपछि उहाँको मुहारमा कान्ति छाउन थालेको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराको पहलमा उहाँको उद्धार गरिएको थियो । अहिले उहाँ आश्रममा सानी छोरीसहित रहनुभएको छ । हरेक विहान ध्यानसहित दैनिक कार्यमा सरिक हुँदै र उपचार पनि हुँदै जाँदा उहाँको जीवनमा परिवर्तन आउन थालेको नीलसागर सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिनुभयो ।

जनयुद्धकालमा जनकलाकारको रुपमा राजनीतिक योगदान गरेकी बिट्टुको यसअघि नुवाकोटका दुर्गा तामाङसँग विवाह भएको थियो ।

दुइ छोरी भएपछि दुर्गाले अलपत्र पारेपछि ३५ बर्षीया बिटुको ६५ बर्षीया स्थानीय बृद्धँग विवाह भएको थियो । दोस्रो श्रीमानबाट पनि दुइ छोरी पाएकी बिट्टु अहिले पनि गर्भवती हुनुहुन्छ ।

आश्रमले सानी छोरीसहित बिटुलाई उद्धार गरी नेपालगञ्ज आश्रममा राखेको छ ।
तस्विरः कुलदीप न्यौपाने/नेपालगञ्ज

Facebook Comments