• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सोलार लिफ्टबाट हलहले डाँडामा पानीः खानेपानी र सिंचाइको दुबै सुविधा




रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० को हलहले डाँडामा सोलार लिफ्टमार्फत पानी पु¥याइएको छ । खानेपानीको समेत अभाव रहेको यो ठाउँमा खानेपानी र सिंचाइको अभाव टार्न लिफ्टमार्फत पानी तानिएको हो ।

कर्णालीइ प्रदेश कृषि मन्त्रालयकोको १५ लाख र मुसीकोट नगरपालिकाको २५ लाख गरी ४० लाख लगानीमा बगरखोला–हलहले सिफ्ट सिचाइ योजनाममार्फत पानी पु¥याइएको मुसीकोट नगरपालिका वडा नम्बर १० का सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो । ४० एमएमको पाइपमार्फत पानी पु¥याएपछि खानेपानी र सिंचाइ दुबै सुविधा एकैसाथ पुगेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका ४ र रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० को सिमानामा रहेको यो ठाउँमा पानी पुगेपछि स्थानीय २७ घर लाभान्वित भएका छन् । यसबाट रोल्पा परिवर्तन गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् ।

आधा घण्टा तल रहेको बगरखोलाबाट गाग्रीबाट पानी बोक्ने समस्या रहेकोमा अब समस्या समाधान भएको छ ।

पछिल्लो समय मुसीकोट नगरपालिका वडा नम्बर १० ले खानेपानी र सिंचाइका योजनामा जोड दिएको छ । संघीय सरकारको एक करोड र नगरपालिकाको २५ लाख गरी एक करोड २५ लाखको लगानीमा चालु आर्थिक बर्षमा वडामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष गोप्यश्वर केसीले जानकारी दिनुभयो ।

त्यस्तै भेरीखोला–चुनथाम र खरिगैराखोला–माथिल्लो गलम्पाटी लिफ्ट सिंचाइका लागि पनि पहल गर्ने उहाँले जानकारी दिनुभयो । भेरीखोला–चुनथाम लिफ्ट सिंचाइका लागि १५ लाख बजेट पनि आएकाले डिपिआरलगायतका काम गर्ने योजनामा वडा जुटेको छ ।

Facebook Comments