नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको नि:शुल्क स्वास्थ्य सामाग्री वितरण अभियानलाई आर बि. ट्रेडिङले बजर प्रतिनिधि गंभीर डिसी मार्फत ५० एम एलको २४ थान जोए ह्याण्ड्स सेनिटाइजर उपलब्ध गराएको छ ।
सोमबार राप्ती सुपर मार्केटका प्रोप्राइटर एवं जोए ह्याण्ड्स सेनिटाइजरका फुटकर बिक्रेता बिष्णु प्रसाद सुबेदीले संचारकर्मी पीडितलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ! व्यवसायी सुवेदीले राप्ती सुपर मार्केटको तर्फबाट ५० थान सर्जिकल मास्क पनि प्रदान गर्नुभएको थियो ।
यसअघि पनि उहाँले २ सय थान सर्जिकल मास्क र १२ थान सेनिटाइजर प्रदान गर्नुभएको थियो !
कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको हौसला बढाउन संचारकर्मी पीडित भाद्र २५ देखि नि:शुल्क स्वास्थ्री सामाग्री वितरण अभियान शुरु गर्नु भएको छ !
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।