• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा ४३७ जनाको स्वाब संकलन




रुकुम पुर्वमा पिसिआर परिक्षणका लागि चार सय ३७ जनाको स्वाब संकलन गरिएको छ । शनिवार र आइतवार गरी दुई दिनमा जिल्लाका तिन स्थानिय तहबाट चार सय ३७ नागरिकको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रुकुम पुर्वका कोरोना रोग फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभएको छ ।

यसपटक अधिकांस कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्र्पकमा रहेका अर्थात कनटाक टेसिङमा परेका व्यक्तिहरुको स्वाब संकलन गरिएको गिरीले जानकारी दिनुभएको छ । जस अनुसार शनिवार पुथाउत्तरगंगा गाउँपालिका बाट ५१ जना नागरिकको स्वाब संकलन गरिएको थियो । उहाँका अनुसार त्यहाँका २३ जना शिक्षक, १६ जना कर्मचारी, २ जना स्वास्थ्यकर्मी, क्वारेन्टाइनका २ जना, सुरक्षाकर्मी, जनप्रतिनिधि एक एक जना र ६ जना समुदायका व्यक्ति गरी ५१ जनाको स्वाब संकलन गरिएको थियो ।

यस्तै शनिवार साझ भुमे गाउँपालिकाबाट एक सय ४२ जनाको स्वाब संकलन गरिएको थियो । १८ जना कर्मचारी, ८ जना स्वास्थ्यकर्मी, ६ जना सुरक्षाकर्मी, ५ जना शिक्षक, ६ जना बैंकका कर्मचारी, १४ जना क्वारेन्टाइनमा बसेका व्यक्ति, ९ जना होम क्वारेन्टाइनमा बसेका व्यक्ति, र ७६ समुदायका व्यक्ति गरी भुमे गाउँपालिकाबाट एक सय ४२ जनाको स्वाब संकलन गरिएको गिरीले जानकारी दिनुभएको छ ।

यसैगरी आइतबार यता सिस्ने गाउँपालिकाबाट सवैभन्दा धेरै दुइ सय ४४ जनाको स्वाब संकलन गरिएको छ । रुक्मिणी माविमा रहेको क्वारेन्टाइनमा आइतबार भएको स्वाब संकलनमा सिस्ने गाउँपालिकाबाट सवैभन्दा धेरै नागरिकहरुको स्वाब संकलन गरिएको हो ।

सिस्नेमा ३३ कर्मचारी, ३५ शिक्षक, क्वारेन्टाइनका १९, १६ सुरक्षाकर्मी, ११ बैंकका कर्मचारी, १० पत्रकार, ८ जनप्रतिनिधि, ७ स्वास्थ्यकर्मी र एक सय ३८ अन्य समुदायका व्यक्ति गरी दुई सय ४४ जनाको स्वाब संकलन गरिएको कोरोना रोग फोकल पर्सन गिरीले बताउनुभएको छ । उहाँका अनुसार संकलित स्वाब परिक्षका लागि आइतबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको छ ।

Facebook Comments