• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टमाटर खेतीसम्बन्धी एक दिने तालिम




मुसिकोट नगरपालिका वडा न ९ का विभिन्न ठाउँमा ब्यबसायिक टमाटर खेती सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।

वडाले सहिद र दलित घरपरिवारका लागि एक घर एक करेसा वारि निर्माण र तीन घर एक सामुहिक खेतिको लागि बिनियोजित रकम चार लाख पचास हजारले वडा भरिका पचहत्तर जनाले सो रकम बाट टमाटर खेती गर्ने छन ।

सो टमाटर खेती गर्नको लागि टनेल निर्माण नर्सरी निर्माण लगाउने तरिका लाग्ने रोग औसधिको प्रयोग लगाएतका विषयमा तालिम प्रदान गरिएको छ । किसानले उत्पादन गरेको सम्पुर्ण टमाटर वडा सरकारले बिक्री बितरनको जिम्मा लिने छ । किसानले जति सकिन्छ टमाटर उत्पादन गर्नको लागि वडा कार्यालय ले सम्पूर्ण किसानलाइ अनुरोध गरेको छ । उक्त तालिम हिल कुन्सीम्ला र चौखावाङमा गरिएको थियो ।

सो तालिममा सहिद परिवार दलित परिवार र सामुहिक खेतीको लागि छनोट भएका व्यक्तिहरु गरि पचहत्तर जना लाई तालिम प्रदान गरिएको छ । सो तालिम असोज ९ गते देखि ११ गतेसम्म सन्चालन भएको हो । तालीममा वडा अध्यक्ष नवीन ओली वडा सदस्य हरुको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण नगर कृषि साखाका प्राबिधिक साहायक यज्ञ खडकाले गर्नु भएको थियो ।

Facebook Comments