• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जोडी तस्विर देखाएर होइन, विकृति विसंगतिमाथि च्यालेञ्ज गरौं




भुवन केसी

फेसबुकका भित्तामा धेरै दिनदेखि ‘च्यालेन्ज’ सम्बन्धी विभिन्न पोस्टहरु देख्न पाइन्छ । यी पोष्ट देखिपछि केही च्यालेन्जसम्बन्धी कुरा लेख्न मन लाग्यो । हाम्रो बानी यस्तो भयोकि कुनै एउटाले जे गर्‍यो, हामी सबैले उसैको पछि लागेर सिको गर्ने बानी भयो।

मलाई जहाँसम्म लाग्छ, हामीमा सकारात्मक सोंचको कमी भयो । अब हामी सबैले सकारात्मक सोच राखी कमजोरी पक्षहरुलाई सुधार गरी सबल बनाउने च्यालेन्ज गर्नुपर्नेभयो । हुन त यसो भन्दा कतिलाई लाग्न सक्छ हामी जेसुकै गरौं कसैलाई के मतलब ?

कुरा त्यति मात्र होइन, हामी कता जाँदैछौं भन्ने यो एउटा ट्रेण्ड पनि हो । कुनै मन परेको कुरा विस्तृत अध्ययन नगरी शेयर गर्ने प्रवृत्ति पनि सामाजिक सञ्जालमा निकै चलेको छ । यसले गर्दा हुँदै नभएका सन्दर्भहरु पनि कहिलेकाही ‘भाइरल’ भन्ने गर्दछन् ।

यो ‘च्यालेञ्ज’ फण्डा पनि त्यस्तै हो । श्रीमान् श्रीमती वा अरु कुनै गर्न मिल्ने पोष्ट गर्ने स्वतन्त्रता सबैलाई छ । यो उसको निजी मामिला हो तर सामाजिकरुपमै ‘च्यालेञ्ज’ शब्दको प्रयोग गरेर दम्पत्तिका तस्विर सार्वजनिक गर्ने प्रतिष्पर्धाको अर्थ के ?

हाम्रो जोडी सुन्दर छ, तिनीहरु छैनौ भनेर च्यालेञ्ज गर्न खोजेको हो ? वा अविवाहितलाई चाँडो विवाह गर भनेर ‘च्यालेञ्ज’ गर्न खोजेको हो ? यो एउटा उदाहरण मात्रै हो, यस्ता धेरै फण्डा बेलाबेलामा आउने गर्दछन्, जसले मानिसको समयको अनावश्यकरुपमा नाश गरिरहेको छ । यसमा सबैभन्दा ठूलो समस्या भनेको सिर्जनशीलताको अभाव हो । अरुले जे गर्यो, त्यसलाई पछ्याउँदै समय खर्च गर्ने बानीले सिर्जनशीलतालाई नाश गरिरहेको हुन्छ भन्ने हामीले कहिले बुझ्ने ?

यो च्यालेञ्ज फण्डाकै कुरा गरौं, जीवन आफैमा च्यालेञ्ज हो । समाजमा च्यालेञ्ज नै च्यालेञ्ज छन् । लेन्ज त गरौं यी विविध पक्षहरुलाई बिस्तारै बिस्तारै सुधार गर्न च्यालेन्ज गरौं, श्रीमानश्रीमतीका तस्विर सार्वजनिक गरेर के नै च्यालेञ्ज हुन्छ र ?

सर्बप्रथम त सकारात्मक सोचाइको बिकास गरौं । सबैलाई समान ब्यवहार गरौं । कसैलाई पनि अपमान नगरौं र गर्न पनि नदिऔं । जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, लैंगिकलगायत कुनै पनि भेदभावविरुद्ध च्यालेञ्ज गरौं । बाआमालाई बुढेसकालमा बृद्धआश्रम पठाउने प्रवृत्तिविरुद्ध च्यालेञ्ज गरौं ।

गरिब घर परिवारमा जन्मेका पढन लेख्न नपाएका बालबालिकाहरुलाई सहयोग गरी उनीहरुको अभावलाई च्यालेञ्ज गरौं । समाजमा जरा गाडेका बसेका अन्धविश्वास, कुरिती, कुसस्कारविरुद्ध च्यालेञ्ज गरौं र आफ्नो घर, गाउँ र समाजलाई बिगार्न र बिग्रन दिन्न भनेर आफ्नै भूमिकाप्रति च्यालेन्ज गरौं । धूम्रपान, मध्यपान, जुवातासबिरुद्ध च्यालेञ्ज गरौं र शुरु गरेकाले यी छाड्ने प्रतिज्ञा गरौं । बिग्रिएका सम्बन्धहरु सुधार्न आफ्नै प्रवृत्तिविरुद्ध च्यालेञ्ज गरौं । भ्रष्टाचारविरुद्ध च्लालेञ्ज गरौं र आफूले कहिल्यै भ्रष्टाचार गर्दिनँ भनेर प्रण गरौं ।
बालबिवाह, बहुविवाह, बालश्रमजस्ता कुप्रथाविरुद्ध च्यालेञ्ज गरौं । बलात्कार गर्दिन र हुन दिन्न भनेर आफैप्रति च्यालेन्ज गरौं । वन, जगल अतिक्रम गर्दिन र गर्न दिन्न बरु बृक्षारोपन गर्छु भन्ने च्यालेन्ज गरौं ।

नत्र भने सबैलाई थाहा छ, हजुर राम्रो हुनुहुन्छ । हजुरहरुका बुढाबुढीको जोडी राम्रो छ । अनि हजुरहरुका छोराछोरी पनि राम्रा छन । राम्रा जोडीहरु राम्रो रूपमा होइन, राम्रा काम र ब्यवहारमा देखिनुपर्ने होइन र ? त्यसैले रुप, पोशाक र गहना प्रदर्शनको प्रतिष्पर्धा गरेर समाज रुपान्तरणमा कुनै च्यालेञ्ज हुँदैन बरु काम र बानी सुधार्ने प्रतिष्पर्धा गरौं ।

सुन्दरता नै खोज्ने हो भने गरिबको भान्सामा आगो खोजौैं । एसिडबाट जलेका मुहारमा हाँसो खोजौं । निर्मलाहरुको न्याय खोजौं । भेरी र राप्तीका तीरमा फेरि अन्तरजातीय विवाहका वियोगान्त कथा नलेखियून, यसमा च्यालेञ्ज गरौं । पश्चिम नेपालका छाउगोठहरुमा बर्थिङ सेन्टर खोजौं । बग्रेल्ती बगिरहेका विकृतिप्रति आँखा चिम्लेर जोडी तस्वीर सार्वजनिक गरेर कसलाई च्यालेञ्ज गर्नुहुन्छ मित्र, यो समयको बर्बाद मात्र हो ।
गंगादेव गाउँपालिका ६ राँक रोल्पा
यो पनि पढ्नुहोस:
बाआमाको सपना र हाम्रो पुस्ताको गन्तव्य

Facebook Comments