• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा आफ्नै अस्पताल बनाउने पहिलो गाउँपालिका बंगलाचुलीः भवन निर्माण अन्तिम चरणमा




स्वास्थ्य मानिसको प्रत्यक्ष जीवनसँग जोडिएको सम्बेदनसिल विषय हो । स्वास्थ्य सेवा/स्वास्थ्य क्षेत्र आम नागरिको पहुँच हुनुपर्दछ । हरेक मान्छेले आफ्नो आवश्यकता अनुसार चेकजाँच गर्न पाउँनु उसको नौसर्गिक अधिकार पनि हो । यद्यपि आम नागरिकले अझै पनि सहज रुपमा उपचार पाउँन सकेका छैनन् । कयौं मान्छे उपचार नपाएर मृत्युबरण गरिरहेका छन् भने कयौं मान्छे औषधीको पर्खाईमा छन् ।

सकारले सबै स्थानीय तहको पहुँचमा अस्पताल बनाउने कार्यनीति लिएपनि अझैसम्म स्वास्थ्य अस्पतालहरु बन्न सकेका छैनन् । यसो हुनुमा मुलतः राज्यको कम्जोर नीति प्रणाली नै हो ।
तर, दुर्गम स्थानीय तह दाङको बंगलाचुली गाउँपालिकाले २५ शैंयाको अस्पताल भवन निर्माणको कार्य अन्ति चरणमा पु¥याएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षालाई थप सरल, सहज र व्यवस्थित पार्नको लागि २५ शैया अस्पताल निर्माण कार्य अन्तिम चरण पु¥याएको हो ।

देशभरका ७५३ वटा स्थानीय तहहरुमा गाउँपालिका स्तरीय अस्पताल बनाउने सरकारको कार्यनीति अन्तर्गत १५ शैयाको अस्पताल बनाउँने भनिएता पनि बंगलाचुली गाउँपालिकाले थप १० शैया थपेर २५ शैयाको भवन सबैभन्दा पहिलो निर्माण कार्य अन्तिम चरणमा पुगेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताएका छन् ।

अस्पताल भवन निर्माणका लागि केन्द्र सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत सम्बन्धित स्थानीय तहको बजेटमा २५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताका हुन् । आम स्थानीय बासिन्दाहरुलाई स्वास्थमा प्रत्यक्ष लाभांवितसहित स्वस्थ्य निकायलाई थप उचित व्यवस्थापन गर्नको बनाइएको २५ शैयाको अस्पताल भवन पालिकाको कमिरेचौरमा ६ करोडको लगानीमा निर्माण भएको र अबको दुई महिनामा रङरोगनका कार्य सम्पन्न गरी मंसिर महिनामा उद्घाटन गर्ने योजना समेत रहेको उनको भनाई थियो ।

‘गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण वडाहरुमा ल्यावसहितका व्यस्थित रुपमा स्वास्थ्य चौकी सञ्चालमा लिएका छौं, उनले भने,‘ पहिले ४ वटा वडामा मात्र स्वास्थ्य चौकी रहेका थिए भने अहिले हामीले ८ वटै वडामा ल्यावसहितको स्वास्थ्य चौकी छन् । साथै घोराही सिमेन्ट चुनढुङ्गा उत्खनन् प्रभावित क्षेत्रमा पनि स्वास्थ्य चौकी सञ्चालनमा छ ।’
सडक, खानेपानी र इन्टरनेटमा समस्या
दुर्गम भेगमा रहेको बंगलाचुली गाउँपालिकामा भने सडक, खानेपानी र इन्टरनेट मुख्य समस्याको रुपमा रहदै आएको छ । गाउँपालिका जाने मोटरबाटो कच्ची भएको र त्यसमा घोराही सिमेन्टले उद्योगका लागि चाहिने कच्चा पदार्थ ल्याउँनका लागि क्षमता भन्दा ओभरलोडमा टिप्परहरु दैनिकी रुपमा आवतजावत गर्ने भएकाले पनि झनझनै सडक अवस्था निकै दर्दनाक हुँदै गएको छ । यस विषयमा उद्योगसँग पटक–पटक छलफल गरेता पनि कार्यान्वयन हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए ।

त्यसैगरी गाउँपालिका दुर्गम क्षेत्रको उच्च ठाउँमा मानिसहरुको बसोबास भएकोले खानेपानीको निकै समस्या रहेको र गाउँबस्ती पानी पु¥याउनको लागि खानेपानी लिफ्टिङ्गका लागि दुई ठुला योजनाहरु सञ्चलन भइरहेको र साथै पालिकामा इन्टरनेटको समस्या रहेकोले दैनिक काम समस्या आइरहेकोले थप सहजताको लागि घोराहीबाटै काम गरिरहेको उनको भनाई थियो ।

गाउँपालिका अन्तर्गत मुख्य आम्दानीको स्रोतका रुपमा पशुपालन र फलफूललाई लिइन्छ । जसमा बाख्रा पालन, माहुरी पालन, केरा खेती, आँप खेती आदिको प्रचुर सम्भावना रहेको साथै गाउँपालिकाले ५ करोडको लगानीमा आफ्नो प्रशासनीक भवन पनि निर्माणधिनको चरणमै भएको उनले उल्लेख गरे ।

Facebook Comments