• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम रोल्पामा अवरुद्ध टेलिफोन सेवा सुचारु




रुकुम पुर्व सहित आसपासका छिमेकि जिल्लाहरुमा अवरुद्ध भएको नेपाल टेलिकमको फोन सुचारु भएको छ । बुधवार राति करिव २ बजेदेखि रुकुम पुर्व सहित आसपासका छिमेकि जिल्लाहरुमा अवरुद्ध भएको नेपाल टेलिकमको फोन अहिले केहि घण्टा अघिदेखि सुचारु भएको हो ।

राप्ति अञ्चलकै सवैभन्दा मुख्य मानिएको रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा राखिएको डिभाइसमा समस्या आउदा गैराति देखि रुकुम पुर्वसहित अन्य जिल्लाहरुमा नेपाल टेलिकमको फोन तथा नेटवर्क सवै अवरुद्ध भएको तर दाङको प्राविधिक टोली रातामाटा पुगि नयाँ डिभाइस जडान गरेसंगै अवरुद्ध फोन सेवा सुचारु भएको नेपाल टेलिकम शाखा कार्यालय रुकुम पुर्वका कार्यालय प्रमुख चन्दन यादबले जानकारी दिनुभएको छ ।

गैराति देखि विग्ररेको टावर बिहानै मर्मत गरी टेलिफोन सुचारु गर्नुपर्ने आवश्यकता भएपनि टावर राखेको लेखसम्म गाडी नजाने हुदाँ ४ ५ घण्टा पैदल हिडी डिभाइस परिर्वतन गर्दा केहि घण्टा ढिलो भएको यादबको भनाई छ । अवदेखि भने अन्यत्रका रिपिटार टावरमा समस्या नआए नियमित रुपमा टेलिफोन सेवा सुचारु हुने उहाँले बताउनुभयो ।

गैराति देखि नेपाल टेलिकमको टेलिफोन तथा नेटवर्क नहुदाँ जिल्लामा रहेका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई समाचार संकल तथा प्रशारण गर्न निकै समस्या हुनुको साथै रुकुम पुर्व सहित रुकुम पश्चिम, रोल्पा, सल्यान र जाजरकोटका नागरिकलाई सुचना आदानप्रदान गर्न निकै सास्ति भएको थियो ।
अहिले केहि घण्टा अघिदेखि भने नेपाल टेलिकमको फोन तथा नेटवर्क सुचारु भएसंगै रुकुम पुर्वसहित आसपासका जिल्लामा रहेका नागरिकहरु खुसि भएका छन ।

Facebook Comments