• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसिसी पारित नगर्न दबाब दिंदै दाङमा झण्डा साइकल यात्रा




संसदको आगामी अधिवेशनबाट पारित गर्ने तयारीमा रहेको एमसिसी पारित नगर्न माग गर्दै दाङमा साइकलयत्रा शुरु गरिएको छ । सर्वपक्षीय स्वतन्त्र युवा संगठन दाङले साइकल यात्रा शुरु गरेको हो ।

बबइ गाउँपालिकाको बगरपुरबाट बुधवार शुरु भएको अभियान आज शुक्रवार घोराही समापन गरिने संगठनका संयोजक भक्तबहादुर डाँगीले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्ष नै राष्ट्रघाति एमसिसी पारित गर्ने तयारीमा लागेकाले सबै दलमा रहेका र स्वतन्त्र रहेका सबै नागरिकले एक मतले बिरोध गर्नुपर्ने संगठनले जनाएको छ ।

अभियानका क्रममा दाङका स्थानीय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि राखिएको छ । बबइ, दंगशीशरण, शान्निगर, तुलसीपुर र घोराही तथा इप्रका खिलतपुरमा ज्ञापनपत्र बुझाइने डाँगीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लखे छ ।

Facebook Comments