• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकैदिन फैसला कार्यान्वयनका १२ अभियुक्त पक्राउ




जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले एकै दिनमा फैसला कार्यान्वयनका २५ प्रतिशत अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार एकै दिन विभिन्न मुद्धाका १२ जना अभियुक्तलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । यस जिल्लामा अदालतले सजाय तोकी फरार रहेका जम्मा अभियुक्तहरु मध्ये १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम –पूवले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जबरजस्ति करणी मुद्धाका ३ जना, जवरजस्ति करणी उद्योग मुद्दाको १ जना, कर्तव्य ज्यान मुद्दाको १ जना, चोरी मुद्दाको २ जना रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभएको छ । यस्तै सम्बन्ध बिच्छेद मुद्दाको ३ जना, घरेलु हिंसा मुद्दाको १ जना र करकाप मुद्दाको १ जनालाई पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक गुरुङकाअनुसार पक्राउ पर्नेमा अन्य चोरी मुद्धाका सिस्ने गाउँपालिका ३ का कपेन्द्र के.सि, जबरजस्ति करणी म्द्धाका पुथाउत्तरगंगा गाउँपालिका ११ का रूबिन भन्ने रबिन्द्र बुढालाई पक्राउ गरिएको छ भने भूमे गाउँपालिका ८ का धने कामीलाई कर्तव्य ज्यान मुद्धा र सिस्ने गाउँपालिका ३ का हुर्मत खड्कालाई चोरीको मुद्धामा पक्राउ गरिएको छ ।

यस्तै भूमे गाउँपालिका १ की जुनसरी गुरुङ, भूमे ९ की सुमित्रा पुन बुढा, ३ नम्बर वडाकी लायन बुढालाई सम्बन्ध विच्छेदको मुद्धामा पक्राउ गरिएको छ । वडा नम्बर ९ की सिता रोकालाई करकापको मुद्धामा पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभएको छ ।

यस्तै जवरजस्ति करणी मुद्धाका भूमे गाउापालिका २ का नाम परिवर्तीत रुकुमकोट ५४ ङ, वडा नम्बर ८ का रुकमकोट ५४ क, वडा नम्बर ४ का रुकुमकोट ५४ घ लाई पक्राउ गरिएको छ । यस्तै घरेलु हिंसाको मुद्धामा भूमे १ का टुगा राम्जालीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको सबैलाई सजाय भुक्तानको लागि अदालतमा पठाइएको छ । पक्राउ अभियुक्त मध्ये ४ जना लाई कैद र ८ जनालाई जरिवाना सजाय तोकिएको प्रहरीले छ जनाएको छ ।

यस्तै यो भन्दा अगाडि पक्राउ परेर अदालतद्धारा सजाय तोकीएका लुटपिट मुद्धाका सिस्ने ६ का सन्दिप बुढाथोकी र सोही वडाका जवबरजस्ति करणी उद्योग मुद्धाका नाम परिवर्तीत रुकुमकोट ५४ ज(०७५÷०७६) लाई सजाय भुक्तानको लागि अदालत पठाएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले अदालत द्वारा बिभिन्न मुद्दामा सजाय तोकिएका जम्मा फैसलाहरुमध्ये भाद्र र असोज महिनामा मात्र २९ प्रतिशत फैसला कार्यान्वय गरी सकेको जानकारी दिएको छ ।

Facebook Comments