• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउनपछि पर्यटकीय गन्तव्य बन्दै छहरा




विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण विभिन्न देशहरु लकडाउनको अवस्थामा पुगे । कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भयो र लकडाउन गरियो ।

पछिल्लो समय नेपालमा लकडाउन खुकुलो भएको अवस्था छ । यति लामो समयसम्म घरमै बसेका आम जनताहरु अहिले पिञ्जडाबाट निस्किएको सुगा झै भएका छन । सरकारले कुन ठाँउमा लकडाउन गर्ने वा खुकुलो बनाउने भन्ने विषयमा स्थानीय सरकारलाई जिम्मा दिए पछि दाङमा पनि केहि समय अगाडि देखि लकडाउनलाई खुकुलो बनाइएको छ । भित्र बसेका आम मानिसहरु घुम्नको लागि विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न निस्किएका छन ।

यस्तै पछिल्लो समय दाङको बंगालाचुली गाउँपालिका वडा नं २ मा रहेको छहरा हेर्न र घुम्न जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ । त्यहाँ साना बाल बच्चाहरु देखि लिएर युवा युवती तथा बृद्धबृद्धाहरु पनि घुम्न जाने गरेका छन । आफ्नो परिवारहरुलाई घुमाउनको लागि पर्यटकीय क्षेत्र बनेको छ छहरा ।

छहरामा घुम्न दाङको घोराही, तुलसीपुर, नारायनपुर लगायत विभिन्न जिल्लाबाट पनि घुम्न आउनेको घुँइचो छ । कोरोना भाइरसले गर्दा लकडाउन हुदा घुम्न पाइएको थिएन अहिले म पहिलो पटक यो छहरामा आएको हो राम्रो लाग्यो घोराही उपमहानगरपालिका वडा नं १५ निवासी गोमा न्यौपानेले भन्नुभयो ।

पहिले त धेरै डर लाग्थ्यो तर अव त कोरोनाबाट डर पनि लाग्दैन अहिले परिवारसँग घुम्न आएको उहाँले भन्नुभयो । जे होस बंगालाचुलीमा रहेको छहराको पर्यटनले पर्यटकलाई लोभ्याउनु राम्रो कुरा हो तर यस्तो महामारीको समयमा छहरामा पर्यटकहरुको घुँइचो हुनु राम्रो होइन यस विषयमा स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरु मिलेर सुरक्षाका मापदन्ड अपनाएर छहरामा आउने पर्यटकहरुलाई थप प्रेरित पार्ने छ ।
https://www.youtube.com/watch?v=SrJGsRi3uNw&fbclid=IwAR03q5-CSWhpSbAVLfizT5GkR1cf4Ao57iMWU0YhVjhkBQhQBbCfO_1534A

Facebook Comments