• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पठनपाठन शुरु गर्न सबै विद्यालयलाई रुन्टीगढीको आग्रह




रोल्पाको रुन्टीगढी गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुलाई पठनपाठन शुरु गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले कोरोना भाईरस तथा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका सबै सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुलाई सुरक्षाका उपाए अवलम्बन गरी पठनपाठन शुरु गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाले विद्यालयहरु सहज रुपमा सञ्चालन गर्दा प्रत्यक्ष सिकाई सहजीकरण संगसंगै देहायका कुराहरु अपनाउँनहुन समेत अनुरोध गरेको छ ।

जसमा सबै विद्यालयले वि.व्य.स.को निर्ण गराई मिति २०७७/०६/०७ गतेदेखि २०७७/०६\११ गते भित्र अनिवार्य रुपमा प्रत्यक्ष सिकाई क्रियाकलाप सुचारु गर्ने, कोभिड १९ बाट बच्न सुरक्षका उपाए अवलम्बन गर्ने, प्रत्येक कक्षाकोठामा २५ जना भन्दा बढी विद्यार्थी नहुने गरी समूह निर्माण गरी सुचारु गर्ने, शिक्षक स्टापको बैठक बसी आवश्यक तयारी गर्ने, प्रत्येक विद्यार्थीले मास्क अनिवार्य रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने, विद्यालयमा प्रर्याप्त साबुन पानीको व्यवस्था गर्ने, पठनपाठन निरन्तर गर्ने बीचमा मध्यान्तर नगर्ने लगाएतका अनुरोध गरेको छ ।

Facebook Comments