• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यो सास्ती कहिलेसम्म ?




गणेश आचार्य
दाङको घोराही मुर्कुट्टी सडकमा यात्रा गर्ने नागरिकहरु दैनिक जसो सास्ती बेहोरीरहेका छ्न । जिल्लाको सदरमुकाम घोराही सङ्ग जोडिएको तर जिल्ला कै दुर्गम र पाहाडी पालिका बङगलाचुली गाउपालिका जाने सडक अहिले हिलाम्य छ ।

गर्मी र हिउदको सिजनमा धुलोमा नदेखिने यात्रुहरु अहिले हिलोले पुरिने अबस्थामा छन । दैनिक जसो यात्रा गर्ने मोटरसाइकल यात्रुहरुको मोटरसाइकलको मोगराटमा हिलो छिरेर टायर नघुम्दा दुर्घटना हुने , इन्जन सिज हुने , टिप्परमा पनि त्यही अबस्था भएर ठूलो क्षति हुने गरेको छ ।

बाटोमा गाडी नै डुब्ने गरि हिलो छ । सडक निर्माणको नाममा बर्खामा माटो खनेर बाटोमा राख्ने र त्यही माटो गाडीले यता उता सार्ने, पानीका भलहरु लाई बाटो तर्काउनुको साटो बाटोमा कतै भएका पानीका मुलहरु पनि बाटो तिरै लगाइदिने जस्ता कारण बाटोमा समस्या उत्पन्न भएको छ । यसमा बाटो निर्माण कम्पनी र सडक बिभागको जिम्मेवारी पन कत्ती पनि देखिदैन ।

बङगलाचुली गाउपालिका चुन ढुङ्गा को खानी हो । त्यहा बाट अनियन्त्रित रुपमा सरकारी मापदण्ड र सहमती बिपरित उत्खनन गर्ने काम भइराखेको छ । त्यहा काम गर्ने नेपाली मजदुर उचित सुबिधा पाइरहेको अबस्था छैन । सिमेन्ट उधोग र स्थानीय बिच भएका कुनै पनि सम्झौता पूरा भएका छैनन । त्यहाका नागरिक सहज यात्रा गर्न समेत पाइरहेका छैनन ।

प्राकृतिक श्रोतकाहिसाबले जिल्ला कै धनि पालिका रहेर पनि नागरिकको जीवन शैली जिल्लाकै गरिब जस्तो देखिन्छ । तर सरकारमा बस्नेहरु त्यहाका नागरिकको जीवन बदल्ने कुनै काम गर्न सकेका छैनन । यो परकारको अबस्था र सास्ती त्यहाका नागरिक कहिले सम्म भोग्ने ? सरकार यो विषयमा गम्भीर बन्न जरुरी छ ।

Facebook Comments