• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीको नवलपुरस्थित मितेरी अस्पतालमा बिशेषज्ञ सेवा शुरु




दाङकाे घोराही १८ नवलपुर पुलचोक स्थित मितेरी अस्पतालमा विभिन्न विशेष सेवाहरु शुरु भएको छ ।

पाँचवर्ष पहिले देखि सञ्चालनमा आएको मितेरी अस्पतालमा अब नयाँ व्यवस्थापनका साथ थप विशेषज्ञ सेवाहरु शुरु गरिएको सञ्चालक माधव भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा नाक, कान घाँटीको विशेषज्ञ सेवा शुरु गरिएको छ । नाक, कान, घाँटीको अप्रेसन समेत हुने भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार भइरहेको छ । ‘हड्डीको अप्रेसन पनि हुने गर्छ,’ भण्डारीले भन्नुभयो, ‘हामीले निजी क्षेत्रबाट गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न थालेका छौं ।’

अस्पतालमा प्रसुति तथा महिला रोग विशेष सेवा समेत प्रदान गरिन्छ । त्यसैगरी बाल रोग विशेष सेवा समेत प्रदान भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ डाक्टरहरु २४ सै घण्टा उपलब्ध हुने भण्डारीले बताउनुभयो । अस्पतालमा विरामीहरुका लागि फिजियोथेरापी सेवा समेत प्रदान गरिन्छ ।
अस्पतालमा अत्याधुनिक दूरविन विधिबाट नाक कान घाँटीको अप्रेशन शुरु भएको छ ।

प्रसुति महिलाहरुका लागि अप्रेसन तथा नर्मल डेलिभरी सेवा समेत प्रदान भइरहेको छ । अस्पतालनमा सुविधासम्पन्न ल्याव रहेको छ । भिडियो एक्सरे र सादा एक्सरे समेत प्रदान गरिन्छ । त्यसैगरी इसिजि र यूएसजी सेवाको समेत प्रवन्ध रहेको छ । अस्पतालको आफ्नै एसी जडित सुविधासम्पन्न एम्बुलेन्स समेत रहेको छ ।

हात खुट्टा भाँचिएको, प्लास्टर गर्नुपर्ने, शरीर झमझमाउने दुख्ने, यूरिक एसीड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेकजाँच तथ अप्रेसन सेवा उपलब्ध रहेको भण्डारीले बताउनुभयो ।

प्रसुति सेवा अन्तर्गत महिलाहरुको तल्लो पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघरमा मासु पलाएको, पाठेघरको क्यान्सर, महिलाहरुको पिसाव सम्बन्धी समस्या लगायत अन्य विभिन्न सेवाहरुको उपचार गराइने उहाँले जानकारी दिनुभयो ।

नाक, कान, घाँटी अन्तर्गत एलर्जीको पहिचान तथा उपचार, नाकमा मासु पलाएको, पिनास, लामो समयसम्म कान दुख्ने, गर्धन तथा थाइराइड, घाँटीको इन्डोस्कोपी लगायतका समस्याहरुको चेकजाँच र उपचार भइरहेको छ

Facebook Comments