दाङको बङगलाचुली गाउपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । गाउपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन ।
प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाइ बिकृती र भ्रष्टाचार मुक्त बनाउनको लागि सम्पुर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु पर्ने कुरा बताउनु भयो । पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनको लागि जिल्ला ब्यापी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउदै यसलाई अझै घनिभुत रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । बङगालाचुली गाउपालिका प्राकृति श्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि जनताको जीवन शैली सबैभन्दा गरीब भएको ले यसको अन्त्यको लागि युबाहरुको अग्रसरताको खाचो भएको कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा सुमन घर्ती, पीरम नेपाली , यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, इस्वर मगर, कमल के सि, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिह घर्ती मगर, भोपाल बुढा, देबराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिम बहादुर थापा, वसन्त तिबारी, माधब राना, नवीन बुढा, प्रेम खडका, हुकुम तिबारी, नरबहादुर जि सि, राजन घर्ती, भिम तिबारी, सन्तोष परियार, पदम खडका, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला के सि, सलिना परियार, उषा खडका, केसरा घर्ती टिकाराम तिबारी, बिस्ना बुढा, प्रेमलाल घर्ती भुमा बुढा , मीन बहादुर डागी, सुरेश डागी, मेघराज खत्री, लगायत दर्जनौं रहनु भएको छ । सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइ अबिर लगाइ पार्टीको सदस्यता प्रदान गर्नु भएको थियो ।
अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर के सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला सचिब तुलसिराम पन्थिले गर्नु भएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।