नेपाली काग्रेश परित्याग गरि पूर्व गाविस सभापति सहित ९ जना नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) वडा नं. १४ ले आयोजना गरेको वडा कमिटिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले पाटि प्रबेश गरेका हुन ।
नेपाली काग्रेश परित्याग गरि पूर्व नुवाकोट गा.वि.स सभापति प्रेम बहादुर पुन सहित ९ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । प्रबेश गर्नेहरुमा टेक बहादुर वि.क, तारा चन्द राना, गोपी वि.क, कमला कवर, विमला चन्द मल्ल, सार्के कवर, लाल बहादुर वि.क, महेन्द्र वि.क. रहेका छन । प्रबेश गर्नेहरु सबै नेपाली काग्रेश पार्टी परित्याग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश हुन ।
नव प्रबेशिलाई प्रबेश गराउदै नगर प्रमुख एबम् नेकपा कर्णाली प्रदेश सदस्य विशाल शर्माले नेकपाको नेतृत्वको सरकारले समाजवादमा पुग्न जग निर्माणको काम भैरहेको र विस्तारै छत ढलान गरे झैं बलियो आधार तयार पार्न थालिएको बताउनु भयो ।
पार्टी प्रवेश गर्नेहरुले नेकपा र वर्तमान सरकारले लिएको लक्ष्य जनताको हित अनुकुल रहेको र नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त आफुलाई मन परेका कारण काग्रेश परित्याग गरि नेपाल कम्युनिष्टमा प्रवेश गरेको बताएका छन । नव प्रबेशिहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य शेरबहादुर के.सी, नगर प्रमुख एबम् कर्णाली प्रदेश सदस्य विशाल शर्मा, नेकपा नगर कमिटी अध्यक्ष्य श्रीकृष्ण शर्मा लगायतकाले फुलमालाले स्वागत गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।