• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा ‘तपाईको मास्क खै’ अभियान




रुकुम पश्चिममा आजबाट ‘तपाईको मास्क खै’ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा तपाईको मास्क खै अभियानको सुवात गरेका हुन् ।

आज पहिलो दिन मास्क नलगाएर खंलगा वजारमा हिड्ने २ सय जनालाई निशुल्क मास्क बितरण गर्नुका साथै मास्क लगाउने तरिका सिकाइएको छ । कोरोनाको जोखिम बढ्दै गएको बेला सर्वसाधरण विना मास्क हिड्ने गरेको पाइएकाले आजबाट तपाईको मास्क खै अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

बिहीवार पहिलो दिन मास्क वितरणका साथै सम्झाई बुझाई गरिएको उहाँको भनाई छ । बजारमा चहलपहल बढेको र मास्क नलगाएर सर्बसाधरण हिडडुल गर्न थाले पछि प्रहरीले तपाईको मास्क खै अभियान संचालन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरीले नियम विपरित चलेका १० ओटा मोटर साईकललाई कार्वाहि गरेको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख विश्वकर्माका अनुसार आज १० ओटा मोटर साईकललाई कार्वाहि गरिएको र ३ ओटा मोटर साईकललाई नियन्त्रणमा लिइएको हो ।

त्यस्तै सचेतनामुलक स्टिकर पनि टासिएको छ । ट्राफिक नियम पालना गराउन सवारी साधनमा स्टिकर टासिएको हो । लक डाउन खुलेसंगै सडकमा सवारीमो चाम बढेका कारण ट्राफिक नियमको पालाना गर्न उहाँको सबैलाई आग्रह छ ।

Facebook Comments