अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण देखिएको रगत अभाव कमा गर्न रक्तदान कार्यक्रम गरेको छ ।
पछिल्लो समयमा जिल्लामा रगत ज्यादै अभाव भैरहेको र संगठनको केन्द्रिय समितिको निर्देशन अनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजावस, हाम्रो सानो सहयोगले बिरामीहरुलाई राहत पुगोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष अनिल केसीले जानकारी दिनुभयो ।
संगठनका दाङ जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत जिल्ला कमिति र नगर कमितिका १२ जनाले रक्तदान गरेका थिए । अन्य समयमा पनि बिरामीलाई रगत आवश्यक पर्ने र संकटको बेला अझ समस्या आउने भएकाले रक्तदान कार्यक्रम जारी गर्ने सो संगठनले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।