• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ पाठ्यक्रमसम्बन्धी वेबीनार: पाठ्यक्रम लागु हुनेमा विश्वस्त हुन आग्रह




पाठ्यक्रम विकास केन्द्रले कक्षा १ र कक्षा ११ मा यो बर्षदेखि नयाँ पाठ्यक्रम लागु हुने भएकाले कुनै शंका नगर्न आग्रह गरेको छ ।

सामाजिक अध्ययन समाज र सामाजिक शिक्षक समाज मोरङको समन्वयमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) प्रदेश एकले आयोजना गरेको भर्जुअल अन्तक्र्रियामा केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले अब पठनपाठनको तयारीमा जुट्नुपर्ने बेलामा पाठ्यक्रम लागु हुन्छ या हुन्न भनेर शंका गर्ने समय नभएको बताउनुभयो ।

उहाँले कोरोना संकटका कारण यो बर्षका लागि कक्षा १० सम्मको पाठ्यवस्तुको ढाँचानामा समायोजन गरिएकाले त्यो सार्वजनिक भएपछि समायोजित पाठ्यवस्तुका आधारमा पठनपाठन अघि बढाउन पनि आग्रह गर्नुभयो ।

कक्षा ११ र १२ अब एकलपथीय प्रणालीमा गएकाले यसमा कुनै संकाय नहुने बताउनुभयो । कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा अनिवार्य गरिएको र बाँकी तीन समूहबाट एक एक बिषय छनौट गर्नुपर्ने बताउनुभयो । विद्यार्थीले लिन चाहेमा चौथो ऐच्छिक समूहबाट पनि अध्ययन गर्नसक्ने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

विद्यार्थीको रुचि, विद्यालयको भौतिक पूर्वाधार र शिक्षक उपलब्धता आदिका हिसाबले विद्यार्थीलाई बिषय छनौटमा प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो । कक्षा ११ मा शुरु गरेका बिषयकै निरन्तरता हुने गरी कक्षा १२ मा पनि बिषय छनौट गर्दा विद्यार्थीलाई फलदायी हुने पनि उहाँले बताउनुभयो ।

उहाँले कक्षा १ र ११ को सामाजिक नेपाली भाषामै पठनपाठन गराउनुपर्ने नीति रहेको उल्लेख गर्दै कुनै विद्यार्थीले अंग्रेजी भाषामा पनि चाहे पढ्नसक्ने तर कक्षाकोठामा भने नेपाली भाषामै पठनपाठन हुने र विद्यार्थीले जाँच पनि नेपाली भाषामै दिनुपर्ने बताउनुभयो । बिदेशी विद्यार्थीले भने अंग्रेजी भाषामा पनि जाँच दिन पाउने छन् ।

विज्ञ तथा सामाजिक अध्ययन समाजका सदस्य गोविन्द भण्डारीले कक्षा ११ र १२ को सामाजिक तथा जीवनउपयोगी शिक्षा अत्यन्त महत्वपूर्ण बिषयको रुपमा आएकाले यसको पठनपाठनलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई आग्रह गर्नुभयो । डाक्टर, पाइलटर, इञ्जिनियर पढे पनि आफ्नो देश र संस्कृति अध्ययन नगर्दा मानवीय मूल्य स्थापित हुन नसकेको भन्दै उहाँले देशलाई चाहिने मानवीय मूल्य स्थापित गर्ने गरी यो बिषय आएको बताउनुभयो ।

त्यति मात्र होइन, नागरिकमा समाचोलनात्मक चेतको अभावले नेपालीहरु एकलकाटाजस्ता देखिन थालेको, कुनै कुराको बिरोध मात्रै वा समर्थन मात्रै गर्ने जमात तयार हुनथालेको गुण दोषका आधारमा समर्थन र बिरोध गर्नसक्ने चेतना भएका नागरिक उत्पादन गर्न यो पाठ्यक्रम र पाठ्यवस्तु अत्यन्त उपयोगी रहेको पनि भण्डारीले जानकारी दिनुभयो ।

प्याब्सन प्रदेश एकका अध्यक्ष युवराज बशिष्टको अध्यक्षतामा भएको कार्यक्रमको अर्जुन श्रेष्ठ, बिष्णु कार्कीलगायतले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments