• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको राजपुरमा तीन सय बढी नेकपामा प्रवेश




दाङको राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवामा तीन सय बढी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनीहरुले जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसको गढको रुपमा स्थापित यो क्षेत्रका स्थापित नेता नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव तथा हाल नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि भोगेन्दसिंह राजपुतको नेतृत्वमा तीन सय बढी व्यक्ति नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा राजपुर गाउँपालिका कमिटिका अध्यक्ष चक्रबहादुर खड्का(शिखर)को अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य एवं दाङ जिल्ला ईञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, केन्द्रीय सदस्यहरु निर्मल आचार्य, इन्द्रजीत थारु, नारायणी शर्मा, दामा शर्मा, प्रदेश सदस्य रेवतीरमण शर्मा र गंगा चौधरी तथा जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’लगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।

घनश्याम चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा राजपुर गाउँपालिकाका प्रवक्ता भिम ओलीले गर्नु भएको थियो ।

Facebook Comments