माओवादी आन्दोलन नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को निधन भएको छ बर्ष पूरा भएको छ । २०७१ भदौ ३० गते हृदयघात र मस्तिष्कघातका कारण उहाँको निधन भएको थियो ।
बोगटीको छैटौंस्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी मुख्यालय धुम्बाराहीमा कार्यक्रम गरेको छ भने पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठानले विज्ञप्तिमार्फत सम्झना गरेको छ ।
यसैबीच पोष्टबहादुर बोगटीस्मृति प्रतिष्ठान दाङले पनि विज्ञप्तिमार्फत बोगटीको सम्झना गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिमा हरेक बर्ष भदौ ३० गते स्मृति दिवस मनाउने गरे पनि यो बर्ष कोरोना संकटका कारण मनाउन नसकिएको जनाइएको छ ।
वर्ग, समाज, देश, पार्टी र क्रान्तिप्रति समर्पित बोगटीको योगदानको स्मरण गराउँदै विज्ञप्तिमा आज पुस्ताले उहाँको निष्ठा र इमान्दारिताबाट थप सिक्नुपर्ने समय आएको विज्ञप्तिमा उल्लेख छ ।
वर्गीयमुक्तिको बोगटीको सपना अझै पूरा हुन बाँकी रहेको भन्दै विज्ञप्तिमा यसमा प्रतिबद्ध हुँदै आफूलाई वर्गीयमुक्ति यात्रामा निरन्तर होम्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुने विज्ञप्तिमा उल्लेख छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
