• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मसला उद्योग सुचारु




मुसिकोट नगरपालिका वडा न ९ मा रहेको मसला उधोगले मसला उत्पादन र बिक्रि बितरनको काम सुरु गरेको छ ।

सुजनसिल महिला आयअर्जन बचत तथा ऋण सहकारी संस्था मार्फत सन्चालन हुँदै आएको उक्त मसला उधोग बर्सादले भवन पुरिएपछी उत्पादन र बिक्रिको काम बन्द भएको थियो । अहिले सहकारीको अर्को भवन लाई प्रयोग गरि सहकारिकि अध्यक्ष देउसिला बुढाको घरमा मेसिन चलाएर काम सुरु गरिएको छ ।

अहिले मिक्स मसला बेसार मरिज ल्वाङ सुक्मेल जाइफल जाइपत्री धनिया लगाएतका मसला जन्ने बस्तुहरु उत्पादन गर्न सुरु गरिएको छ । कर्णाली प्रदेश भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा नमूना सहकारी गाउँ सन्चालनको लागि प्राप्त रकम बाट सो उधोग २०७६ साल माघ ४ गते औपचारिक रुपमा उदघाटन गरि सुचारु गरिएको थियो ।

हालसम्म उक्त सहकारी संस्थामा मुसिकोट नगरपालिका वडा न ९ र १० का गरि तीन सय असी जना सेर सदस्यहरु आबद्ध भएका छन भनी सहकारीकि अध्यक्ष देउसिला बुढाले जानकारी दिनुभएको छ साथै उहाले अविरल बर्सादका कारण भवन माथी बाट आएको बाढी पहिरोले सहकारीको एउटा भवन भत्काएको हुनाले काम गर्न असहज भएको छ ।

सो भवन मर्मत गर्नको लागि सहकारी सग रकम नभएको हुनाले मर्मतको लागि सहयोग गरिदिनको लागि स्थानिय सरकारलाई अनुरोध समेत गर्नु भएको छ ।

Facebook Comments