• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विज्ञान दिवसमा अनलाइन हाजिरीजवाफ, बर्दियाका लामिछाने प्रथम




राष्ट्रिय विज्ञान दिवसको सप्ताहन्तर्गत आज प्रदेश पाँचले अनलाइन हाजिरीजवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रमुख अतिथि पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले हरेक संकटको सामना वैज्ञानिक मान्यताबाटै गर्नुपर्ने बताउनुभयो ।

विज्ञान शिक्षक समाज (स्टान) प्रदेश नं ५ तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, मूल समारोह आयोजक समितिको आयोजनामा आइतवार भएको अनलाइन हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । प्रमुख अतिथि शाहले विज्ञानलाई थप स्थापित गर्न र साना नानीहरुसम्म विज्ञानको अध्ययन अनुसन्धानको महत्व पु¥याउन साताब्यापीरुपमा कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

बिशिष्ठ अतिथि नाष्टका प्राज्ञ प्रा.डा. दिनेश भुजुले पनि संकट सामाना वैज्ञानिक मान्यताबाटै गर्नुपर्नेमा जोड दिंदै ‘विज्ञान बढाऔं, कोरोना हटाऔं’ भन्ने मूल नाराका साथ राष्ट्रब्यापी अभियान नै चलाउनुपर्ने बताउनुभयो । स्टानका अध्यक्ष खिलकुमार प्रधानले साताब्यापी कार्यक्रमअन्तर्गत सबै प्रदेशमा कार्यक्रम गरिएको र केन्द्रिकृत कार्यक्रम भदौ ३१ गर्ने बताउनुभयो ।

स्टानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा संयोजक विकास गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्टानका डमरुप्रसाद पोखरेल, चन्द्रकला दवाडी, मेघराज पौडेलल, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष बिष्णु पौखरेल बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश सहसंयोजक यमनाथ पौडेलले गर्नुभएको थियो ।

प्रतियोगितामा बर्दियाका देबेन्द्र लामिछाने प्रथम हुनुभएको छ । त्यस्तै बुटवलका मिलन पन्थी द्धितीय, बुटवलकै निदीमा थापा तृतीय र पाल्पाका अनुप गोदार चौथो हुनुभएको छ । बिजयी प्रतियोगीमध्ये प्रथमलाई चार हजार, द्धितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र चौथोलाई एक हजार पुरस्कार र प्रमाणपत्र रहेको छ । असोज १ गते हरेक बर्ष नेपालमा राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ ।

डा. बाबुराम भट्टराइ नेतृत्वको सरकारले विसं २०६९ मा निर्णय गरेपछि विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यो बर्षको असोज १ गते पनि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन पूर्वमन्त्री गणेश शाहको नेतृत्वको मूल आयोजक समिति गठन गरेको छ भने विज्ञान शिक्षक समाजले हरेक प्रदेशमा कार्यक्रम गरेर विज्ञान दिवसको सप्ताह मनाइरहेको छ भने भदौ ३१ गते केन्द्रिकृत कार्यक्रम गर्दैछ ।

Facebook Comments