• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेको मकै बालीमा बाँदर र सुगा आतंक




रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडाका विभिन्न क्षेत्रमा लगाइएको मकै बालिमा बादर र सुगाले क्षति गर्न थालेको छ ।

वडाका माथिल्लो क्षेत्र थाक्ना, सातुखाने, बाजपाखा, झिङरी लगायतका ठाउँमा लगाएको मकै बालिमा बादरले क्षति गर्न थालेको हो । सडक सञ्जालले नजोडिएका यि क्षेत्रमा पाक्न लागेको मकै बालिमा जंगली जनावर बादरले क्षति गर्न थालेपछि भोकमरी पर्ने होकि भन्दै आफुहरु चिन्तित बनेको झिङरीका स्थानिय कृषक तेजबहादुर थापाले जानकारी दिनुभयो ।

भख्र्खर मकै रोपेको समयमा रोगले प्रायजसो विउ खायो अल्लि अल्लि उम्ररेको पनि सलह किराले क्षति पुर्यायो थापाले दुखेसो पोख्नुभयो सलहबाट जोगाएको केहि पनि बादरले सखाप पार्न थाल्यो । झण्डै ८० देखि १०० सम्मको समुहमा आउने बादरले कुकुरको सहारा लिएर हेरालो बसे पनि छक्याएर मकै खाने गरिहेको अर्र्का स्थानिय पुजन खड्काको भनाई छ । यसैगरी ५ नम्बर वडाको रानिकोटमा लगाएको मकै बालिमा सुगाले क्षति गर्न लागेको रानिकोटका स्थानिय कालिबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।

हुलका हुल आउने सुगाको समुहले मकैका गेडा भरी खाएर ठुटि मात्रै बनाइ दिएको बस्नेतले बताउनुभयो । पाक्दै गरेको मकै बाली कतै बाँदर त कतै सुगाले खाएर सखाप पार्न थालेपछि भोकमरी पर्ने होकि भनेर सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडाका किसानहरु चिन्तित बनेका छन ।

Facebook Comments