• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुखबाट लडेर घाइते भएका युवाको अस्पतालमा निधन




रुकुम पुर्वमा आपँको रुखबाट लडेर गम्भिर घाइते भएका एक युवकको जिल्ला अस्पतालमा रुकुमकोटमा ज्यान गयो ।

रुकुम पुर्वमा आपँको रुखबाट लडेर शनिवार एक युवकको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ स्थित ढकालबारा निवासी २६ वर्षिय बसन्त बोहोराको आपको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हिजो साझ ४: ३० बजेतिर आप खानको लागि घर नजिकैको आपको रुखमा चढेका बोरोहा सोहि रुखमा टेकेको र समातेको हागाँ भाचिदा लडेर गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते बोहोरालाई उनि लडेको केहि समय पछि घरपरिवार र आफन्तले उपचारको लागि जिल्ला अस्पताल रुकुम पुर्वमा पुर्याएका थियो । उनको जिल्ला अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पतालमा रहेको सव गृहमा राखिएको छ । मृतक बोहोराकी एक श्रीमति रहेकी छिन ।

Facebook Comments