• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा ११ को सामाजिक अध्ययनको तयारीः भूगोलबारे अभिमुखीकरण




यो शैक्षिकसत्रदेखि कक्षा ११ मा सामाजिक अध्ययन अनिवार्य बिषयको रुपमा पठनपाठन हुने भएपछि शिक्षकहरु यसको तयारीमा जुटेका छन् ।

सोही क्रममा शनिवार सामाजिक अध्ययन समाज नेपालको आयोजनामा भूगोल र सामाजिक जीवनबारे अभिमुखीकरण गरिएको छ । समाजका सदस्यसमेत रहेका विज्ञ डा. ढुण्डीराज भट्टराइले भूगोल र सामाजिक जीवनबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले विश्व तथा नेपालको भौगोलिक चिनारी र यसले जनजीवनमा पारेका प्रभावबारे अध्यापनका अन्तर्वस्तु प्रष्ट्याउनुभएको थियो ।

कूल सामाजिक अध्ययनको १६० क्रेडिट आवर रहेकोमा त्यसको दश प्रतिशत १६ क्रेडिट आवर भूभोलबारे मात्रै पढाइ हुने उहाँले जानकारी पनि दिनुभयो । सैद्धान्तिक १२ र प्रयोगात्मक चार क्रेडिट आवर अध्यापन गराउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

विश्वको भौगोलिक चिनारी, अवस्थिति, धरातलीय स्वरुप र यसले सामाजिक सांस्कृतिक क्षेत्रमा पार्ने प्रभावबारे शिक्षकले गहन अध्ययन गरेर कक्षाकोठामा प्रस्तुति दिनुपर्ने उहाँको सुझाव थियो । भौगोलिक र मानवीय भूगोल दुबैको उत्तिकै ज्ञान जरुरी रहेको भन्दै उहाँले शिक्षक अपडेट भएर मात्रै विद्यार्थीलाई प्रष्ट पार्न सकिने बताउनुभयो ।

अर्का सदस्य एवं विज्ञ गोविन्द भण्डारीले सामाजिक अध्ययन समाज निर्माणको महत्वपूर्ण बिषय भएकाले कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवनउपयोगी शिक्षा पढाइ हुनु देशका लागि सुखद पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा अन्य विज्ञहरुले सरकार अघि बढिसकेकाले पाठ्यक्रम लागु हुन्छ कि हुँदैन भनेर द्धिबिद्धामा नपर्न विद्यालय र शिक्षकहरुलाई आग्रह गरेका थिए । साथै उनीहरुले सामाजिक अध्ययन नेपाली भाषामै पढाउनुपर्ने भएकाले सोहीअनुसार तयारी गर्न पनि भनेका थिए ।

Facebook Comments