• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिमका थप छ जना घर फर्के, कूल डिस्चार्ज हुनेको संख्या ६१




रुकुम पश्चिमबाट आज एकै दिन ६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको आईसोलेसनमा रहेका ६ जना कोरोना जितेर आज घर फर्किएका हुन् । उनीहरुको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज हुनेमा मुसीकोट नगरपालिका ७ साँखका ३ पुरुष र १ महिला गरी ४ जना र मुसीकोट १ सल्लेका श्रीमान, श्रीमतिको रहेका छन् । वडा नम्वर ७ का ३ पुरुष र १ महिलामा भदौ १४ गते कोरोना पुष्टि भएको थियो । भने सल्लेका श्रीमान श्रीमतीको भदौ ७ गते कोरोना पोजेटिभ आएको थियो ।

डिस्चार्ज हुनेमा ५ जनाको हिजोको रिर्पोट कोरोना नभएको आएको र सल्लेका एक जनाको रिर्पोट भने पहिलानै नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन ईश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको आज आसोलेसनमा बसेको १४ दिन पुगे पछि डिस्चार्ज गरिएको हो ।

हिजो मुसिकोट नगरपालिकाका ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज डिस्चार्ज हुनेको रिर्पोट पनि ४१ जनासंगै आएको हो । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरि चौरजहारी पठाइएकोमा हिजो ४१ जनाको रिपोर्ट कोरोना नभएको आएको थियो ।

आज एकै दिन ६ जना कोरोना जितेर घर फर्किएसंगै जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या ६१ पुगेको छ । जिल्लामा ६९ जनामा कोरोना पुष्टि भएकोमा ६१ जना कोरोनालाई जितेर घर फर्किएको कोरोना रोग नियन्त्रण फोकल पर्शन रावलले जानकारी दिनुभयो ।

अव जिल्लामा सक्रिय संक्रमितको संख्या ८ रहेको छ । जिल्लाको आठविसकोट नगरपालिकामा १ जना, चौरजहारी नगरपालिकामा एक जना, त्रिबेणि गाउँपालिकामा २ जना, मुसिकोट नगरपालिकामा १ जना र स्वास्थ्य सेवा कार्यालको आईसोलेसनमा ३ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

Facebook Comments