• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समुदायस्तरमै कोरोना पुष्टि भएपछि रुकुमकोट बजार १० दिन सिल




रुकुमपूर्वमा समुदाय स्तरमै कोरोना भाइरस पुष्टि भएपछि रुकुमकोट बजार १० दिन सम्म सिल गरिएको छ । शुक्रबार र शनिबारमा पाँच जना प्रहरी, दुई जना व्यापार व्यवसायी, एक जना बैंकका कर्मचारी र बाँकी पाँच जना क्वारेन्टिनका गरी दुई दिनमा १३ जनालाई कोरोना भाइरस पुष्टि भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आकस्मिक बैठकले सिस्ने गाउँपालिका–५ र ६ अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट बजार १० दिन सम्म सिल गरिएको हो ।

एक जना सुरक्षाकर्मी, एक जना राष्ट्रीय वाणिज्य बैंकका कर्मचारी, एक जना स्थानीय व्यापारी र एक जना काठमाण्डाँमा व्यापार व्यवसायी गरिरहनु भएका हाल स्थायी घर आउनु भएका व्यक्तिमा संक्रमण देखिएपछि जोखिम बढेको भन्दै जिल्लाभरीमै निषेधाज्ञा जारी रहेको र थप रुकुमकोट बजारलाई शनिबार देखि असोज ५ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । चार जना प्रहरी भने भर्खर जिल्लामा आइ छुट्टै बसिराख्नु भएको र फिल्डमा समेत नखटिएको बताइएको छ ।

सिल गरिएको रुकुमकोट बजारमा अत्यावश्यक सेवाको लागि मात्र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने छ भने अरू सबै व्यापार व्यवसाय एवं पसलहरू बन्द हुनेछन् । यस्तै अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सावारी साधन र इजाजत प्राप्त सवारी साधन बाहेकका सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लागाइएको छ ।

निर्णयको अटेरी गरेमा संक्रमक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । प्रजिअ राईले जिल्लाबासीलाई अत्यावश्यक काम नपरी जथाभावी घरबाहीर हिड्डुल नगर्न र निस्कनैपरे स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ । संक्रमति व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको पनि कन्ट्रयाक्ट ट्रेसिङको काम शुरु गरिएकोले भदौ ३१ र असोज १ गते स्वाब संकलन गरिने बैठकले निर्णय गरेको प्रजिअ राईले जानकारी दिनुभयो ।

मंगलबार र बुधबार गरी दुई दिनमा जिल्लाबाट एक सय ८५ जनाको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएकोमा शुक्रबार सिस्ने गाउँपालिकाबाट ९४ जनाको स्वाब संकलन गरिएको मध्येबाट एघार जना र शनिबार पुथाबाट ४४ जना स्वाब संकलन गरिएकामध्येबाट दुई जनामा कारेरोना भाइरस पुष्टि भएको हो ।

पुथाबाट ४४ जनाको स्वाब संकलन गरिएकोमा इलाका प्रहरी कार्यालय भूमे–२ काँक्रीबाट भर्खरै पुथा जानु भएका ३४ वर्षीय पुरुष प्रहरी हबल्दार, पुथा–५ का काठमाण्डौँमा व्यापार व्यवसाय गरिरहनु भएका उहाँ पनि हाल स्थायी घरमा आउनु भएका ४४ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लामा हाल जम्मा संक्रमितको संख्या ३९ जना पुगेकामध्ये २५ जना निको भई घर फर्किएका छन् भने हाल जिल्लामा सकृय संक्रमितको संख्या १४ जना रहेका छन् ।

Facebook Comments