• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना सचेतना अभियानमा जुट्दै युवाहरु




डिल्लीराज भुसाल
तुलसीपुर उपमहानगरपािलका वडा नम्बर ७ स्थित रानिघाट युवा क्लबले तीन दिने कोरोना सचेतना अभियान सञ्चालन गरेको छ ।

अभियान एक कार्यक्रमबीच समापन गरिएको छ । क्लबका अध्यक्ष नारायण न्यूपानेको अध्यक्षता र उपमहानगरपालिका कार्यपालिका सदस्य चित्रा मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा राप्ती शान्ति उद्यान गणेशपुर का अध्यक्ष डिल्लीराज भण्डारी, नेकपाका खगेश्वर पराजुली, प्राबि श्रीगैका प्रअ फर्साराम खनाल, नमूना टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी, क्लब का सल्लाहकार शंकरमान बिष्टलगायतले बोल्नुभएको थियो ।

वक्ताहरुले युवाहरु यस्तै सचेतनामूलक कार्यक्रममा लाग्नुपर्ने बताए । सो अवसरमा नमुना हरियाली टोल, श्रीगणेश टोल, बराहथान टोल, जानकी टोल, एमेल्ची टोल, जल्धार टोल तथा गणेशपुर पार्कका स्थानीय तथा हिडडुल गर्ने बटुवा सवारी चालक ,सहचलाकलाई निसुल्क मास्क, पञ्जा तथा आयुर्वेदिक जडिबुटी लहरे गुर्जो बितरण गरिएको थियो ।

क्लबकासदस्य टीका पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथीले वृद्ध चुडाप्रसाद पोख्रेललाई मास्क लगाइ लगाइदिनुभएको थियो । क्लबले पर्सेनी, कालाखोला, मटेरा घुसरी र गणेशपुर पार्क खर्चवा मिलनचोक कोरोना सचेतना अभियान गरेको छ ।

कार्यक्रममा क्लबले स्थापन गरेको राहत कोषमा कार्यपालिका सदस्य चित्रा मल्लले पाँच हजार, राजन भण्डारीले पाँच हजार, नेत्रमणि पोख्रेलले जुइ हहार, मित्रमणि पौडेलले दुइ हजार, इश्वरी खनालले पाँच सय प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्लब का सचिव डिल्लीराज भुसालले गर्नुभयको थियो ।

Facebook Comments