रोल्पाको रुन्टीगढी गापा ६ नं वडामा पर्ने फूलबारी महिला सामुदायिक वन उपभोक्ता समूहले झाडी सफाई अभियान शुरु गरेको छ । समूहले बुधबारदेखि सो अभियान शुरु गरेको हो ।
समूहको मासिकको बैठक यहि भदौ २२ गते बसेको कार्यसमितिको निर्णय अनुसार नै वन क्षेत्रभित्र फैलिएको वनमारा झारलाई उखेलेर फाल्न लागेको समूहका उपाध्यक्ष हुम बहादुर रेउलेले बताए ।
पछिल्लो समयमा वनमारा झार तीब्र गतिमा फैलिएको र सो झारले वनमा भएका स-साना बोटबिरुवा तथा घुर्रोलाई नोक्सान गरिरहेकोले उक्त झारलाई रोकथाम तथा नियन्त्रणका गर्न लागिएको उनको भनाई थियो ।
वनमारा झार फाल्ने अभियानको भदौ २४ र २५ गते दुई दिनसम्म चल्ने अभियानमा शुरुको दिनमा छाप,ओखरपाटा,झालबन र स्यालाबाट ८८ घरधुरी उपभोक्ताहरुको सहभागिता रहेको र समुह बिभाजन गरि झार उखेल्ने काम चलिरहेको समूहका सदस्य केशर रावलले बताए ।
यो अभियानलाई प्रत्येक वर्ष निरन्तता दिने र कालोझारलाई निर्मुलिकरण गर्ने समूहको प्रमुख उद्देश्य रहेको पनि बताए ।
यो कालोझार फाल्ने अभियानले सामाजिक सद्भाव कायम गर्नेसंगै वनलाई संरक्षण गर्नमा महत्त्वपूर्ण योगदान रहने उपभोक्ता प्रेम बुढाथोकीले बताए ।
झाडी सफाई अभियानमा सहभागिता तथा श्रमदानमा उपस्थित नहुने उपभोक्तालाई जरिवाना गर्ने समूहले निर्णय गरेको छ । वनको कार्य योजना अनुरुप नै अभियानको पहिलो दिन उपस्थित नहुने उपभोक्तालाई रु पांच सय र दोस्रो दिन पनि सहभागी नहुने उपभोक्तालाई रु सात सय जरिवाना तोकिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।