• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा फेरिदै दुइ हजार घरः हालिदै जस्तापाता, फालिदै खर




रोल्पामा यो बर्ष दुइ हजार २६ घरमा खरको छाना हटाएर जस्तापाता लगाइने भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को सुरक्षितनागरिक आबास कार्यक्रमबाट खरको छानोमुक्तहुने सुनिश्चितभएको हो ।

जसका लागि नेपाल सरकार संघीय सरकारको बजेटबाट १० करोड १३ लाख रुपैयाँविनियोजन गरिएको उर्जामन्त्री एवं रोल्पाका प्रतिनिधिसभा सदस्य बर्षमान पुनले जानकारी दिनुभयो । जसअन्तर्गत एक हजार आठ सय २६ घरधुरी यस आर्थिक वर्ष र गत बर्षको क्रमागत गरी दुइ सय घरमा छाना फेरिने छ ।

जसअनुसार रोल्पा नगरपालिकामा दुइ सय ५४ घर, त्रिबेणी गाउँपालिका दुइ सय ५१ घर, परिवर्तन गाउँपालिकामा एक सय ६४ घर, माडी गाउँपालिकामा एक सय ४० घर, रुण्टीगढी गाउँपालिकामा तीन सय ४४ घर, लुङ्ग्री गाउँपालिकामा एक सय १० घर, गंगादेब गाउँपालिकामा एक सय २४ घर, सुनछहरी गाउँपालिकामा एक सय एक घर, सुनिलस्मृति गाउँपालिकामा दुइ सय १७ घर, थबाङ गाउँपालिकामा एक सय २१ घरलाई स्थानीय तहले छनौट गरेका आधारमा गरीब परिवारलाई सुरक्षित जस्ता हालिने छ ।

गृह जिल्ला आएको बेला मन्त्रीपुनले जिल्लाका दश वटा स्थानीयतहका प्रमुखहरुसँग भेट गरी यो कार्यक्रमप्रभावकारी रुपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।

Facebook Comments