• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भौतिक पूर्वाधार र जनशक्ति नहुँदा रुकुमपूर्वमा प्रसूति सेवा दिन जटिल




छवि बस्नेत
भौतिक पूर्वाधार र जनशक्ति नहुँदा रुकुमपूर्वको प्रसूति सेवामा जटिल रहेको छ । भौतिक पूर्वाधार र जनशक्ति नहुँदा जटिल अवस्थाका सुत्करी आमालाई सेवा दिन नसकेपछि प्रसूति सेवाका लागि समस्या र जटिल्ताको भावजुटबाट महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

हिमाली एवं नयाँ जिल्लाको रूपमा स्थापित यो जिल्लाको स्वास्थ्य क्षेत्र अन्तर्गत सुत्केरी सेवाको तथ्यांक हेर्दा त्यति सन्तोषजनक पाइदैन । हिमाली र नयाँ जिल्ला नामले परिचित रहेकोले दुर्गम छ भनेर भौतिक विकास तथा जनशक्ति व्यवस्थापन तथा केही काम गर्न सकिएको छैनन भनेर राज्य पन्छिने छूट छैनन् । अबको आवश्यक्ता, अबको विकास निर्माण भनेको दुर्गम ठाउँका शिक्षा, स्वास्थ्य क्षेत्रमा मुख्य लगानी गरेमा मात्र रुकुमपूर्व जिल्ला जस्ता दुरदराजमा रहेका नागरिकले विकासको भएको आवास पाउँने छन् र ‘समृद्धि नेपाल, खुसी नेपाली’ भन्ने सरकारको नाराले सार्थकता पाउने छ ।

रुकुमपूर्वमा स्वास्थ्यको अवस्था नाजुक रहेको छ । राज्यले रुकुमपूर्व अस्पताल नामकरण गरेर पनि हाल सम्म सामान्य स्तरको स्वास्थ्य सेवा दिनु भनेको यहाँबाटै प्रस्ट हुन्छ यस जिल्लाको स्वास्थ्य सेवा अवस्थाको जटिल्ता ।

जिल्लामा प्रसूति सेवा सम्बन्धि सबै सेवा रुकुमपूर्व अस्पतालमा नभएर होला सायद यस जिल्लामा सकभर घरमै सुत्केरी हुन खोज्ने लामो समयको प्रसव बेथा पछि मात्र स्वास्थ्य संस्थामा आउने यहाँको प्रविति हाबी रहेको छ ।

जटिल अवस्थामा अक्सिजन, शल्यक्रिया लगायतको सेवाको लागि भौतिक पूर्वाधार र जनशक्ति नभएकोले हाल जिल्लाबाट अन्य जिल्लामा बिरामी रिफर गर्नुपर्ने अवस्था रहेको छ । रुकुमपूर्व अस्पताल स्थापना भएको ठाउँमा हालसम्म सामान्य अवस्थाको सेवा हुनु र बाँकी अवस्थाका बिरामीलाई अन्यत्र पठाउने गर्नु एकदमै दःुखको कुरा हो । त्यसमाथि पनि छिमेकि जिल्ला रुकुम पश्चिममा समेत सुविधा सम्पन्न अप्रेसन सेवा नियमित सुचारु नहुँदा यहाँका जनताले भोग्नुपरेको सास्ती पीडादायक छ ।

यहाँबाट सिधै दाङ्ग, नेपालगञ्ज रिफर गर्नु भनेको मातृशिशु मृत्युदरको सम्भावित जोखिमलाई आकलन गर्न सकिन्छ । प्रसूति सेवाको लागि अन्य जिल्लामा रिफर गर्दा कठिनाइका साथ घण्टौँको समयमा अस्पताल पुग्ने गर्दछन् । सामान्यतया प्रसव बेथा १२ देखि १८ घण्टासम्म लाग्नु सुत्करी आमालाई सारै नै जोखिम हो ।

स्वास्थ्य संस्थामा आएका महिलाहरूको अवस्था हेरी भर्ना गरिन्छ । शुरुमा आमा र बच्चाको अवस्था सामान्य हुँदा हुँदै पनि विविध कारणवश जस्तै पाठेघरको मुख राम्रोसँग नखुलेमा, पेटभित्र बच्चाले दिसा खाएमा, बच्चा भन्दा अघि सालनाल आएमा आदिले गर्दा तुरुन्त अप्रेसन गरी बच्चा निकाल्नुपर्ने हुन्छ ।

प्रसव पीडामा रहेकी कुन महिलालाई कस्तो जटिल्ता आउँछ भन्ने कुराको यकिन गर्न सकिँदैन । यसरी रिफर गर्दा धेरै टाढा हँुदा बच्चा र आमाको अवस्था राम्रो होला भन्न सकिँदैन । एकातिर प्रसव पीडा छदै छ, अर्कोतिर आफू र गर्भमा शिशुको बाँच्न पाउने अधिकार सुनिश्चित नहँुदा कस्तो हुँ्दो हो त्यो महिलालाई मात्र थाहा हुन्छ । गर्भ शिशुले बाहिरी संसार देख्न र महिलाले छिटो छरितो सुरक्षित सुत्केरी सेवा सहजै पाउनु पर्ने होइन र ?.यसरी नाडीकोे चालको आधारमा सिमित श्रोत साधनको भरमा बिरामीको अवस्था रहेको भन्ने कसले बुझिदिने ? दुर्गम नागरिकको अवस्था राज्यले नबुझिदिएर कसले बुझिदिने हो ?

बिरामी ज्वरोको पीडा सहन नसकेर छटपटी भइराख्दा मन उदास मात्र लाग्छ, सरकार ! तसर्थ आम नेतृत्वले र सरोकारवालाहरू स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यानाकर्षण होस् । स्वास्थ्यको विकास भयो भने यसबाट सेवा पाउने यहाँका दुरदराजका नागरिकले नै हो, सुविधा सम्पन्न हुने रुकुमपूर्व हो । स्वास्थ्य सेवाको अवस्था विकासमा सबै सरोकारवालहरू छिट्टै नै सहकार्य गरेर अस्पताल विकास गराँै । आमा तथा बच्चाको अकालमै ज्यान जानबाट बचाऔँ ।

(बस्नेत रुकुमपूर्व अस्पतालमा स्टाफ नर्समा कार्यरत हुनुहुन्छ ।)

Facebook Comments