• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी नेताको कुखरापालनः देशका लागि राजनीति, परिवारका लागि ब्यवसाय




एक विद्यार्थी नेता लोकल कुखुरा पालनमा लाग्नु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोटमा अनेरास्ववियूका केन्द्रीय सदस्य रुपेन्द्र मल्लले लोकल कुखुरा पालन गरिरहनु भएको हो ।

एघार महिना अगाडिबाट क्यालिक्स ग्रुप प्रालिद्वारा सञ्चालित विद्यार्थी नेता मल्लले आफ्नै १५ हजार रुपैयाँ लगानीबाट लोकल कुखुरा पालन गर्नु भएको छ । १५ हजार रुपैयाँ लगानीबाट हाल तीन लाख रुपैयाँ बराबरको पुँजी परिचालित भइरहेको विद्यार्थी नेता मल्लले बताउनुभयो ।

एक चरणमा चार/पाँच सय लोकल कुखुराका चल्ला हुर्काइ बिक्री गरिराख्नु भएकोमा अहिले एक सय ३५ वटामध्येका ३० वटा माउले अन्डा दिइराखेका छन् भने बाँकी एक सयमा केही साना र केही भाले कुखुरा रहेका छन् ।

शुरुमा ब्रोइलर कुखुरा पाल्नु भएको उहाँले ब्रोइलर कुखुरा बजारमाा प्रायःले पाल्ने भएकोले लोकल कुखरा र लोकल कुखुराकै अन्डा माग भएपछि विद्यार्थी नेता लोकल कुखुरा पालनमा लाग्नु भएको छ । ब्रोइलर कुखुरा छिट्टै हुर्किने गरेपनि पाल्नमा लोकल कुखुरा सजिलो रहेको मल्लले जानकारी दिनुभयो ।

लोकल कुखुराको अन्डा प्रति वटा २० रुपैयाँमा र कुखुरा बिक्रीमा मोलुवा एक हजार देखि एक हजार ७ सय रुपैयाँ सम्म बिक्री भइरहेको उहाँले बताउनुभयो । अन्डा र कुखुरा बिक्रीबाट घर व्यवहार चलिरहेको बताउनुभयो ।

उहाँले राजनीतिसँगै ब्यवसाय पनि गरेर राजनीति गर्नेहरुलाई नयाँ सन्देश दिनुभएको छ । धेरैले राजनीतिलाई नै कमाइखाने पेशा बनाइरहेको बेला मल्लले देश र जनताका लागि राजनीति गरे पनि आफ्नो परिवारका लागि भने ब्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिनुभएको छ ।

Facebook Comments