• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिल गरिएको कपुरकोट क्षेत्र खुल्यो




भदौ १८ गतेदेखी सिल गरिएको सल्यानको कपुरकोट बजार क्षेत्र खुल्ला गरिएको छ । सरोकारवालाहरुको परामर्श र गाउँ कार्यपालिकाको विहानको निर्णय अनुसार सोमबार दिउँसो १२ बजेदेखी सिल गरिएको क्षेत्र खुल्ला गरिएको हो । सिल खुल्ला भएसंगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नं वडा कार्यालय, तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले सेवा प्रदान गर्न सक्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।

कपुरकोट गाउँपालिका अन्तर्गत वडा नं ३ मा एक जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि मिति २०७७ भदौ १८ गते राति १०ः०० बजेबाट कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो । तर कोरोना भाइरस परीक्षणका लागि समुदायस्तरबाट ११५ जनाको स्वाब संकलन गरी नेपालगञ्ज भेरी अस्पतालमा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ प्रमाणित भइ आएकाले वर्तमान अवस्था विश्लेषण गरी सिल गरिएको क्षेत्र खुल्ला गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वृजनीक सूुचना जारि गर्दै गाउँपालिकाले सिल गरेको आदेशलाई पूर्ण पालना गरी कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रभावकारी उपचारका लागि सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिकावासी तथा सरोकारवालाहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

यस्तै जिल्लाको आइसोलेसनमा रहेका एक जना पुरुष र ने.रा.मा.वि. किमुचौर आइसोलेसनमा रहेका एक जना स्वास्थ्यकर्मी गरी संक्रमित दुई जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदै गाउँपालिकाले उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कोभिड–१९ को वर्तमान अवस्थालाई दृष्टीगत गर्दै स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरु, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट बेलाबेला जारी भएका विभिन्न निर्देशनहरु कडाइका साथ पालना तथा कार्यान्वयन गर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले बताएका छन् । तर मापदण्डको अवज्ञा, अवहेलना वा बाधा पु¥याउने कार्य गर्ने कुनै पनि ब्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० र अन्य प्रचलित कानुन बमोजिम कारवाहि गरिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments